सात वर्षपछि भारतीय राष्ट्रिय महिला फुटबल टोलीलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि दिलाउने भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खरसाङमा नागरिक सम्मान जनाइएको छ। युनाईटेड खरसाङ फुटबल क्लब (युकेएफसी) को आयोजनामा खरसाङको राज राजेश्वरी हलमा सम्पन्न उक्त नागरिक सम्मान कार्यक्रमको अध्यक्षता युकेएफसीको सभापति केनेट लेप्चाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। यस नागरिक सम्मान कार्यक्रमलाई युकेएफसीको सह सचिव चिराग तिवारीले सञ्चालन गरेका थिए।
कार्यक्रममा स्वागत सम्भाषण युकेएफसीको सल्लाहकार गोपाल छेत्रीले राखेका थिए। यसै कार्यक्रममा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई नागरिक सम्मान जनाइएको छ। यस अवसरमा युनाईटेड खरसाङ फुटबल क्लबको तर्फबाट खदार्पणसहित, जातीय टोपी, स्मृति चिन्हको रुपमा जातीय खुकुरी, सम्बर्ध्दना पत्र आदिद्वारा सम्मान जनाइएको छ। यसको उनको उनकी आमालाई पनि क्लबको तर्फबाट शल ओढाएर सम्मान जनाइएको छ। यसको साथै खेलकूदसित सम्बन्धित खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुले पनि भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान जनाइएको छ।
यसको साथै खरसाङ महकुमा खेलकूद संघको तर्फबाट क्रिस्पिन छेत्रीलाई सम्मान साथै द्रोणाचार्य अवार्डको लागि प्रस्ताव पठाउने पनि जानकारी गराइएको छ। कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले पनि क्रिस्पिन छेत्रीलाई सम्मान जनाएका थिए। कार्यक्रममा युकेएफसीको संस्थापक सदस्यहरु, वर्तमान पदाधिकारीहरु र खेलाडीहरुलाई पनि मञ्चमा बोलाएर सम्मानसहित परिचय आदान प्रदान गरिएको थियो। कार्यक्रममा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री, युकेएफसीको सचिव महेन्द्र प्रधान, क्रिस्पिन छेत्री र प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले वक्तव्य राखेका थिए।
यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युकेएफसी खरसाङका सह सचिव चिराग तिवारीले विस्तृत रुपमा जानकारी गराएका छन्।












