गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पोख्रेबुङ–चामुङ समष्टिको सांङ्गठनिक तथा समर्थन सभा समष्टि अध्यक्ष निगम कार्कीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।सभामा समष्टिका प्रतिनिधिहरू, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरू तथा गोरामुमोका कार्यकर्ता एवं समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको जानकारी गोरायुमो समष्टि अध्यक्ष सचिन राईले दिएका छन्।
सभामा गोरामुमो अध्यक्ष मन घिसिङले गोर्खा जातिको मुद्दाप्रति निरन्तर कार्य गर्दै आएको स्पष्ट राजनीतिक दृष्टिकोण अनि कार्यशैलीप्रति विश्वास व्यक्त गर्दै समरिक शाखा, साङ्ममा शाखा र रानीबन शाखाका ठूलो संख्यामा स्थानीय नागरिकहरू गोरामुमोमा आबद्ध भएका छन्। नवप्रवेशी सदस्यहरूलाई समष्टिका प्रतिनिधिहरूले खादा लगाई हार्दिक स्वागत गर्दै जाति, माटो र अधिकारको आन्दोलनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
सभाले संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने उद्देश्यसहित ग्राम पञ्चायत–१ र ग्राम पञ्चायत–२ कमिटी गठन गर्ने महत्वपूर्ण प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
ग्राम पञ्चायत–१ कमिटीमा राजेश राई, दिनेस राई, प्रकाश राई, सुरेश सुब्बा, कुमार छेत्री, प्रेम छेत्री, रुपेन गुरुङ, मोहन गुरुङ, रुद्र मुखिया, रजिना तामाङ, शिवकुमार थापा र वासुदेव राई सर्वसम्मतिले चयन भएका छन्।
त्यसैगरी ग्राम पञ्चायत–२ कमिटीमा प्रभु प्रधान, अमिर भारती, जलन राई, सुचन शर्मा, प्रमित थापा, मनकुमार तामाङ, राजेश तामाङ, राम छेत्री, हरिप्रसाद गुरुङ, साजन मुखिया, रतन तामाङ र बिन्दु छेत्री सर्वसम्मतिले चयन भएका छन्।
सभाले पोख्रेबुङ–चामुङ क्षेत्रमा गोरामुमोप्रति जनविश्वास र समर्थन दिनप्रतिदिन बढ्दै गएको निष्कर्ष निकाल्दै संगठन विस्तारलाई अझ तीव्रता दिने तथा जनस्तरसम्म सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।













