GORANASAM Darjeeling Gaun Pasau Abhiyan Ghoom Jorbunglow 1986 Gorkhaland veterans honoured 2026Pasau Abhiyan Ghoom Jorbunglow 1986 Gorkhaland veterans honoured 2026
GORANASAM Darjeeling Gaun Pasau Abhiyan Ghoom Jorbunglow 1986 Gorkhaland veterans honoured 2026Pasau Abhiyan Ghoom Jorbunglow 1986 Gorkhaland veterans honoured 2026

गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीद्वारा ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ

Share this news

गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) दार्जीलिङ ब्राञ्च कमिटीले गाउँस्तरसम्म संगठनलाई सशक्त बनाउने तथा जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ गरेको छ। गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीकी अध्यक्षा बसुन्धारा प्रधानको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत गोरामुमो घुम–जोरबोङ्लो समष्टि क्षेत्रका विभिन्न गाउँहरूमा भ्रमण गरी स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा वर्तमान राजनीतिक परिवेश, गोर्खा समाजका सामयिक मुद्दाहरू तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वर्तमान समयमा गोर्खा जातिको हक, अधिकार र पहिचानको पक्षमा निर्वाह गरिरहेको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

भेटघाटका क्रममा वक्ताहरूले गोर्खा समुदायको दीर्घकालीन आकाङ्क्षा र सपनालाई साकार पार्ने दिशामा सकारात्मक वातावरण निर्माण भइरहेको उल्लेख गर्दै आगामी दिनहरूमा सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

अभियानको विशेष आकर्षणका रूपमा सन् १९८६ को ऐतिहासिक गोर्खाल्याण्ड आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका कर्मठ तथा समर्पित आन्दोलनकारीहरूसँग भेटघाट गरी उनीहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो। यस अवसरमा आन्दोलनका अग्रज योद्धाहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिइयो।

उक्त गाउँ पसौँ अभियानमा गोरामुमो घुम–जोरबोङ्लो समष्टि अध्यक्ष मणि मोक्तान, गोरानासं घुम–जोरबोङ्लो समष्टि अध्यक्षा रितु सुब्बा, गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीकी सदस्या गायत्री छेत्रीलगायत समष्टिका विभिन्न प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीले आगामी दिनहरूमा पनि गाउँ–गाउँ पुगेर जनसम्पर्क, संगठन विस्तार तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Share this news
आजको रोजाइ
गोरामुमो खर्साङ ब्राञ्च कमिटीद्वारा ९०औं सुवास घिसिङ जयन्ती पालन

गोरामुमो खर्साङ ब्राञ्च कमिटीद्वारा ९०औं सुवास घिसिङ जयन्ती पालन

गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीद्वारा ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ

गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीद्वारा ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ

पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा ‘स्रष्टा पुरस्कार-२०२६को घोषणा

पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा ‘स्रष्टा पुरस्कार-२०२६को घोषणा

रावली गाउँ तथा भुजेल गाउँमा गोर्खा राष्ट्रिय नारी संगठनको प्रशाखा गठन

रावली गाउँ तथा भुजेल गाउँमा गोर्खा राष्ट्रिय नारी संगठनको प्रशाखा गठन

आर्थिक वर्ष २०२६-२७ को भाजपा सरकारको पहिलो पूर्ण बजेट प्रस्तुत गरिने

आर्थिक वर्ष २०२६-२७ को भाजपा सरकारको पहिलो पूर्ण बजेट प्रस्तुत गरिने

ISL क्लबहरूद्वारा AIFF को OCI फुटबल नियमको विरोध गर्छन्

ISL क्लबहरूद्वारा AIFF को OCI फुटबल नियमको विरोध गर्छन्

कडा सुरक्षामा आयोजित NEET-UG बीस लाखभन्दा बढीले परीक्षा दिए

कडा सुरक्षामा आयोजित NEET-UG बीस लाखभन्दा बढीले परीक्षा दिए

रातो कार्ड, VAR विवाद र चुक्ने अवसरबीच बेल्जियम-इरान गोलरहित बराबर

रातो कार्ड, VAR विवाद र चुक्ने अवसरबीच बेल्जियम-इरान गोलरहित बराबर

विश्व संगीत दिवसः अशोक राई स्कूल अफ म्युजिकद्वारा भव्य सांगीतिक कार्यक्रम

विश्व संगीत दिवसः अशोक राई स्कूल अफ म्युजिकद्वारा भव्य सांगीतिक कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवस: ☆रुबेन गुरूङ, तकभर टीई, दार्जीलिङ।

अन्तर्राष्ट्रिय योग दिवस: ☆रुबेन गुरूङ, तकभर टीई, दार्जीलिङ।

आजको रोजाइ