गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत पुलबिजनबारी–गोक समष्टिले संगठन विस्तार अभियानलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार समष्टिले गाउँस्तरमा संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालनलाई प्राथमिकता दिँदै विभिन्न शाखाहरूमा संगठनात्मक गतिविधि सञ्चालन गरिरहेको छ। यसैक्रममा समष्टि उपाध्यक्ष गाइस सुब्बा, गोरायुमो समष्टि अध्यक्ष अमोद लकान्द्री, सचिव जीवन प्रधान तथा समष्टि सदस्यहरू पेम्बा डुक्पा, मुकुल सुब्बा र सुमन कालिकोटेको नेतृत्वमा नयाँ नुर ग्राम पञ्चायतअन्तर्गत साकफारा शाखा र लोवर नुर शाखामा पार्टी कार्यकर्ताहरूसँग भेटघाट तथा संगठनात्मक सभा सम्पन्न गरियो।

सभाका क्रममा सन् १९८६ देखि जाति र माटोको पक्षमा निरन्तर संघर्ष गर्दै आएका गोरामुमोका कर्मठ सदस्यहरूलाई समष्टि उपाध्यक्ष गाइस सुब्बाले खादा ओढाएर सम्मान व्यक्त गरे।बदुवै शाखालाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यले आयोजित उक्त सभाले प्रत्येक शाखाका लागि दुई-दुई जना संयोजक चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। सोहीअनुसार साकफारा शाखाका लागि कृष्णबहादुर सुब्बा र पवन सुब्बा तथा लोवर नुर शाखाका लागि विष्णु सुब्बा र सन्तोष राईलाई संयोजकको रूपमा सर्वसम्मतिले चयन गरिएको जानकारी दिइएको छ।

नवनियुक्त संयोजकहरूलाई गाइस सुब्बा, अमोद लकान्द्री तथा जीवन प्रधानले खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, संगठनलाई अझ बलियो र जनमुखी बनाउँदै गाउँ–गाउँसम्म पार्टीको पहुँच विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यसअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत दार्जीलिङ नगरपालिका क्षेत्रका विभिन्न वार्डबाट नयाँ सदस्यहरू पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ। बुधबार दार्जीलिङ ब्राञ्च कमिटी कार्यालयमा आयोजित एक स्वागत कार्यक्रममा वार्ड नम्बर १६, १७, १८, १९ र २२ का विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू गोरामुमोमा समाहित भएका हुन्। ब्राञ्च कमिटी अध्यक्ष एम. जी. सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरामुमो केन्द्रीय समितिका मूल सचिव पुरण राईले सञ्चालन गरेका थिए। कार्यक्रममा नवप्रवेशी सदस्यहरूलाई अध्यक्ष सुब्बाले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

यस अवसरमा बोल्दै सुब्बाले गोर्खा जातिको अधिकार, पहिचान र माटोको उन्मुक्तिका लागि सम्पूर्ण गोर्खा समुदाय एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। उनले राजनीतिक स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका लागि अघि बढ्नुपर्नेमा जोड दिए।

“हामी पार्टीका लागि मात्र होइन, जाति र माटोको उन्मुक्तिका लागि अघि बढिरहेका छौं। गोर्खा जातिले न्याय प्राप्त गर्ने समय नजिकिँदै गएको छ। त्यसैले सम्पूर्ण गोर्खा समुदाय एकताबद्ध भएर आफ्नो अधिकारको पक्षमा उभिनुपर्छ,” उनले भने।

सुब्बाले गोरामुमो सबै गोर्खाहरूको साझा राजनीतिक मञ्च भएको उल्लेख गर्दै पार्टीको ढोका सबैका लागि खुला रहेको बताए। उनले गोर्खा समुदायको हित र भविष्य सुनिश्चित गर्न व्यापक एकताको खाँचो रहेको धारणा व्यक्त गरे।कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि गोर्खा जातिको हकहित, पहिचान र राजनीतिक अधिकार सुनिश्चित गर्न सामूहिक प्रयास तथा संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताएका थिए। नयाँ सदस्यहरूको निरन्तर प्रवेशसँगै दार्जीलिङ क्षेत्रमा गोरामुमोको संगठनात्मक आधार थप सुदृढ बन्दै गएको पार्टी स्रोतले जनाएको छ।


Share this news
आजको रोजाइ
तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

आजको रोजाइ