सांङ्गठनिक भ्रमणमा सोनादा पुगे गोरामुमो अध्यक्ष घिसिङ, वरिष्ठहरूलाई सम्मान

Share this news

सांङ्गठनिक भ्रमणका क्रममा सोनादा पुगे गोरामुमो अध्यक्ष मन घिसिङ, वरिष्ठ कार्यकर्ताहरूलाई सम्मान सोनादा, दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष मन घिसिङ आफ्नो नियमित सांङ्गठनिक भ्रमणको क्रममा आज सोनादा पुगेका छन्। सोनादाको न्यू लाइट क्लबमा आयोजित एक महत्वपूर्ण सांङ्गठनिक सभा निर्मल चन्द्र राई को अध्यक्षतामा सम्पन्न भएको थियो भने सभाको सञ्चालन विजय राई ले गरेका थिए। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङ का अनुसार सभामा गोरामुमो सोनादा–पचेङ्ग समष्टि अध्यक्ष भूपेन गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, समष्टि तथा टाउन कमिटीका प्रतिनिधिहरू, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरू, केन्द्रीय समिति सदस्यहरू तथा ठूलो संख्यामा गोरामुमो कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सभाका अवसरमा अध्यक्ष मन घिसिङले सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका वरिष्ठ गोरामुमो कार्यकर्ताहरूलाई खादा लगाएर सम्मान गरेका थिए। साथै, वर्तमान समयमा पार्टी र जनआन्दोलनलाई सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका कार्यकर्ताहरूलाई पनि सम्मान व्यक्त गरिएको थियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष मन घिसिङले गोर्खा जातिको अस्मिता, पहिचान र माटोको सुरक्षाका लागि गोरामुमोले विगतदेखि गर्दै आएको संघर्षको चर्चा गरे। उनले सन् १९८६ देखि आजसम्म गोर्खा जाति र माटोको उन्मुक्तिका लागि योगदान दिने सम्पूर्ण गोरामुमो कार्यकर्ताहरूको संघर्ष, समर्पण र बलिदानको प्रशंसा गर्दै उक्त लामो संघर्षको सकारात्मक निष्कर्ष नजिक पुगिएको बताए। उनले हरियो झण्डाले गोर्खा समुदायलाई आफ्नो राजनीतिक अधिकार र पहिचानका लागि संघर्ष गर्न प्रेरित गरेको उल्लेख गर्दै भारतको संविधानमा “गोर्खा” शब्द र गोर्खा समुदायको पहिचान स्थापित गराउने कार्य गोरामुमोकै नेतृत्वमा सम्भव भएको दाबी गरे। साथै, संस्थापक अध्यक्ष सुवास घिसिङ को नेतृत्वमा गोर्खा समुदायले आफ्नो नागरिक अधिकारको सवालमा ऐतिहासिक उपलब्धिहरू हासिल गरेको पनि उनले स्मरण गराए। अध्यक्ष घिसिङले छैटौं अनुसूचीसम्बन्धी सम्झौताको प्रसङ्ग उठाउँदै गोर्खा जाति र माटोको सुरक्षाका लागि उक्त संवैधानिक व्यवस्थामा सहमति भएको भए पनि बदलिँदो राजनीतिक परिस्थितिका कारण त्यसको कार्यान्वयन हुन नसकेको बताए। तथापि, गोरामुमोले आफ्नो आन्दोलन र संघर्षलाई निरन्तरता दिएको उल्लेख गर्दै न्याय प्राप्तिको मार्गमा आन्दोलन आज महत्वपूर्ण चरणमा पुगेको धारणा व्यक्त गरे। सम्बोधनका क्रममा उनले वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै जीटीएका सभासद्हरूले सामूहिक रूपमा राजीनामा दिनु उपयुक्त हुने विचार व्यक्त गरे। साथै, सबै पक्षलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै गोर्खा समाजको साझा हितका लागि एकता र सहकार्य अपरिहार्य रहेको बताए। सभाको समापनमा उपस्थित कार्यकर्ताहरूले संगठनलाई थप सुदृढ बनाउने तथा गोर्खा समुदायको अधिकार र पहिचानका मुद्दामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Share this news
आजको रोजाइ
सांङ्गठनिक भ्रमणमा सोनादा पुगे गोरामुमो अध्यक्ष घिसिङ, वरिष्ठहरूलाई सम्मान

सांङ्गठनिक भ्रमणमा सोनादा पुगे गोरामुमो अध्यक्ष घिसिङ, वरिष्ठहरूलाई सम्मान

अन्नपूर्ण भण्डारमा पनि भष्ट्रचार!कहिले भरिन्छ नेताहरूको पेट: भरत तामाङ

अन्नपूर्ण भण्डारमा पनि भष्ट्रचार!कहिले भरिन्छ नेताहरूको पेट: भरत तामाङ

राहुल र गिलको शतकमा भारतको दबदबा, पहिलो दिन अफगानिस्तान दबाबमा

राहुल र गिलको शतकमा भारतको दबदबा, पहिलो दिन अफगानिस्तान दबाबमा

रेलद्वारा बङ्गालमा एक लाख करोडको लगानी

रेलद्वारा बङ्गालमा एक लाख करोडको लगानी

देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

टिस्टा नदीबाट कार उद्धार, सिक्किमका एकै परिवारका चार जनाको शव फेला

टिस्टा नदीबाट कार उद्धार, सिक्किमका एकै परिवारका चार जनाको शव फेला

विश्व वातावरण दिवसमा जागुनमा असम राइफल्सद्वारा वृक्षारोपण 

विश्व वातावरण दिवसमा जागुनमा असम राइफल्सद्वारा वृक्षारोपण 

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

आजको रोजाइ