दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

Share this news

दार्जीलिङ अवस्थित ओखलीडेखि प्रोडक्सन हाउसको कार्यालयमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने उद्देश्यले विभिन्न विधाका कलाकार, साहित्यकार, समाजसेवी तथा कला–संस्कृतिसँग सम्बन्धित व्यक्तिहरूको विशेष बैठक सम्पन्न भएको जानकारी आज सार्वजनिक गरिएको छ। उक्त बैठकमा नेपाल फिल्मकर्मी सङ्घ, कोसी प्रदेशका अध्यक्ष केवल तामाङको विशेष उपस्थिति रहेको थियो। बैठकले नेपाल फिल्मकर्मी सङ्घ, नेपाल कलाकार सङ्घ लगायत कला तथा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै भारतका दार्जिलिङ, डुवर्स, आसाम, सिलगढी तथा तराई क्षेत्रका कलाकारहरूलाई एकै मञ्चमा आबद्ध गराई सङ्गठनलाई सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। बैठकमा सहभागीहरूले गोर्खाली कलाकारहरूको हकहित, कला–संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा कलाकारहरूबीच आपसी एकता र सहकार्यलाई मजबुत बनाउन साझा मञ्चको आवश्यकता रहेकोमा जोड दिएका थिए।

हालसम्म सङ्घका कुनै पदाधिकारीहरूको घोषणा गरिएको छैन। सङ्गठनको पहल नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार नसीब मुखिया, ओखलीडेखि प्रोडक्सन हाउसका सीईओ सञ्जीव सार्की, कमेडी च्याम्पियनका हास्य कलाकार अनिल राई लगायतका व्यक्तिहरूले गरेका हुन्। भविष्यमा गोर्खाली कलाकारहरूको हक, हित र पहिचानको संरक्षण गर्दै कला तथा संस्कृतिको विकास, प्रवर्द्धन तथा नयाँ पुस्ताका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सङ्गठनलाई व्यापक रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको थियो। यस सभामा नेपाल फिल्मकर्मी सङ्घ, कोसी प्रदेशका अध्यक्ष केवल तामाङसहित डा. हेमन्त काफ्ले, निर्देशक कैलाश राई, सङ्गम तामाङ (सिल्भर लाइनिङ प्रोडक्सन हाउस), बिनोद बिष्ट (पाथिभरा फिल्म क्रिएसन), गायिका तथा निर्माता जुनु गौतम, अभिनेता प्रभद पाख्रिन, सौरभ शङ्कर (आई.एन.एस. प्रोडक्सन्स, दार्जीलिङ), अनुप छेत्री (मिडिया वर्क्स), हास्य कलाकार अनिल राई, कलाकार सतिका सुब्बा, कलाकार नसीब मुखिया, समीर प्रधान तथा निर्माता सञ्जीव सार्की लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
विश्व वातावरण दिवसमा जागुनमा असम राइफल्सद्वारा वृक्षारोपण 

विश्व वातावरण दिवसमा जागुनमा असम राइफल्सद्वारा वृक्षारोपण 

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

खान सर वकिलसँग पटना सिभिल कोर्ट पुगे अनि गरे आत्मसमर्पण

खान सर वकिलसँग पटना सिभिल कोर्ट पुगे अनि गरे आत्मसमर्पण

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

आजको रोजाइ