फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

Share this news

बलिउडको नयाँ जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद एकसाथ जन्माएको छ। भारत–पाकिस्तानबीचको संवेदनशील सम्बन्धलाई केन्द्रमा राखेर बनेको यो फिल्मले राजनीतिक बहसलाई थप चर्काएको छ। सेपिया टोनमा प्रस्तुत गरिएको करिब साढे तीन घण्टे यो क्रस–बोर्डर राजनीतिक जासुसी ड्रामाले दर्शकलाई हिंसा, गुप्तचर गतिविधि र अन्डरवर्ल्डको अँध्यारो संसारमा पुर्‍याउँछ। कथा भारत–पाकिस्तानबीचको ऐतिहासिक तनावको पृष्ठभूमिमा अघि बढ्छ। फिल्मको प्रदर्शन भारत–पाकिस्तानबीच मई महिनामा देखिएको तनावको केही महिनापछि भएको हो। कश्मीरको भारतीय प्रशासित क्षेत्र पहलगामस्थित एक लोकप्रिय पर्यटकीय स्थलमा भएको विद्रोही आक्रमणपछि दुई देशबीच तनाव चुलिएको थियो। उक्त आक्रमणको दोष भारतले पाकिस्तानमाथि लगाएको थियो भने इस्लामाबादले संलग्नता अस्वीकार गर्दै आएको छ।

सन् १९४७ मा भारत विभाजन भएर पाकिस्तान बनेयता यी दुई परमाणु शक्ति सम्पन्न छिमेकी देशबीच चार युद्ध भइसकेका छन्, जसमा तीनवटा युद्ध कश्मीरकै विषयमा भएका थिए।

फिल्ममा लोकप्रिय अभिनेता रणवीर सिंहले भारतीय गुप्तचरको भूमिका निभाएका छन्, जो पाकिस्तानको कराँचीमा रहेका ‘आतङ्ककारी र ग्याङ्स्टर’ सञ्जालभित्र घुसपैठ गर्छन्। उनको मिशन भित्रैबाट उक्त नेटवर्कलाई ध्वस्त पार्नु हो। संजय दत्तले पाकिस्तानी सत्ता संरचनालाई प्रतिनिधित्व गर्ने शक्तिशाली प्रतिपक्षीको भूमिका निर्वाह गरेका छन् भने अक्षय खन्नाले एक खतरनाक ग्याङ्स्टरको चरित्रमा अभिनय गरेका छन्। आर. माधवनसहितका कलाकारहरूले नयाँ दिल्लीबाट रणनीति बनाउने उच्चस्तरीय गुप्तचर अधिकारीहरूको भूमिका प्रस्तुत गरेका छन्।

तर फिल्मको कथावस्तुलाई लिएर आलोचना पनि चर्को छ। आलोचकहरूका अनुसार ‘धुरन्धर’ मा अतिराष्ट्रवादी राजनीतिक सन्देशहरू हावी छन् र इतिहासलाई तोडमोड गरेर प्रस्तुत गरिएको छ। उनीहरू भन्छन्, यस्तो प्रवृत्ति पछिल्लो समय बलिउडमा बढ्दो क्रममा छ। यसैबीच, इन्डियाज फिल्म क्रिटिक्स गिल्डले फिल्मसम्बन्धी समीक्षालाई लिएर आलोचकहरूमाथि भइरहेको दबाबप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। गिल्डले जारी गरेको विज्ञप्तिमा “समीक्षकहरूविरुद्ध समन्वित दुर्व्यवहार, व्यक्तिगत आक्रमण र उनीहरूको व्यावसायिक विश्वसनीयतालाई कमजोर पार्ने संगठित प्रयास” भएको आरोप लगाइएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “अझ चिन्ताजनक कुरा के छ भने, केही समीक्षामा हस्तक्षेप गर्ने, सम्पादकीय धारणा बदल्न दबाब दिने र प्रकाशनहरूलाई आफ्नो अडान फेर्न वा कमजोर बनाउन मनाउने प्रयाससमेत भएका छन्।” यसरी ‘धुरन्धर’ केवल एक फिल्म मात्र नभई, दक्षिण एसियाली राजनीति, राष्ट्रवाद र अभिव्यक्ति स्वतन्त्रतामाथि नयाँ बहसको केन्द्र बनेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ