दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आयोजित G-20 शिखर सम्मेलन विश्वका आकांक्षाहरूलाई नयाँ पहिचान दिने साबित भएको छ। यस मञ्चबाट प्रधानमन्त्री नरेन्द्र मोदीले उठाएका मुद्दाहरूले स्पष्ट हुन्छ, अहिलेको समयमा उनीहरूको मुख्य चिन्ता विश्व–समाज, सुरक्षा र प्रकृतिको संरक्षणसँग सम्बन्धित छ। उनले ती विषयहरूमा ध्यानाकर्षण गराए जुन आजको मानवताको अस्तित्व र समतामूलक विकासका लागि निर्णायक छन्; जस्तै समावेशी विकास, अफ्रिकाको क्षमता विस्तार, स्वास्थ्य सुरक्षा, ड्रग–आतङ्कवाद सम्बन्धी समस्या र पारम्परिक ज्ञानको संरक्षणलाई प्रमुखतामा राख्नु।
G-20 शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले समावेशी विकास, अफ्रिका सशक्तिकरण, ड्रग–आतङ्कवाद सम्बन्धी समस्या, स्वास्थ्य सुरक्षा र पारम्परिक ज्ञान जस्ता वैश्विक मुद्दाहरूमा निर्णायक दृष्टिकोण प्रस्तुत गरे, जुन अत्यन्त महत्वपूर्ण र महत्वपूर्ण रहेको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणको सुरु दक्षिण अफ्रिकालाई सफल मेजबानीका लागि वधाइ दिँदै उल्लेख अफ्रिकाको नेतृत्वकारी भूमिकाले विश्वका लागि नयाँ दिशा तोक्न सक्ने बताए। उनले स्मरण दिलाए, अहिलेसम्म वैश्विक विकासका जो मापदण्ड तोकिएका थिए, तिनले स्रोतहरूको असमान वितरण र प्रकृतिको अत्याधिक दोहनलाई बढोत्तरी दिएको छ। यो समस्याले अफ्रिकी राष्ट्रहरू सबैभन्दा धेरै पीडित छन्, त्यसैले प्रधानमन्त्री मोदीको चासो यो छ, विकासको वैश्विक नीति अझै पनि मानव र प्रकृतिको वास्तविक आवश्यकताबाट कटेको छ, जसलाई मुख्यधारामा ल्याउनु आवश्यक छ।
प्रधानमन्त्री मोदीले भने, हामीले आर्थिक विकासको त्यस सोचलाई परिवर्तन गर्नुपर्छ जसमा प्रकृति र समाजको मूल्यमा सम्पत्ति वृद्धि हुन्छ। उनले भारतको सभ्यगत ज्ञानमा आधारित एकात्म मानववादलाई अघि बढाउँदै यो प्रस्ताव राखे, विकासको आधार मानव, समाज र प्रकृतिको बीचमा सन्तुलन हुनु पर्छ। उनको चासो केवल आर्थिक मात्र नभई मानवीय र वातावरणीय पनि हो। वास्तविकतामा यसले देखाउँछ कि भारतले वर्तमान समयमा विकासको वैकल्पिक अवधारणा विश्व मञ्चमा दृढताका साथ प्रस्तुत गरिरहेको छ। दिगोपनको सन्दर्भमा प्रधानमन्त्री मोदीले ती समुदायहरूको उल्लेख गरे जो आज पनि प्रकृतिसँग सन्तुलित जीवन विताइरहेका छन्। उनले यो चिन्ता प्रस्तुत गरे, आधुनिक विकास मोडेलले परम्परागत ज्ञानलाई हाशियामा धकेलेको छ, जबकि यही ज्ञान भविष्य सुरक्षित गर्न सक्नेछ। यसको समाधानको रूपमा भारतले विश्वव्यापी परम्परागत ज्ञान भण्डारको प्रस्ताव दियो, जसले विश्वको सामूहिक सम्पदालाई संरक्षण गरेर आगामी पुस्तासम्म पुर्याउने काम गर्नेछ। मोदीको यो चिन्ता प्रत्यक्ष छ, मानवतालाई
नबचाई बिना भविष्य निर्माण गर्न सकिँदैन। यसपछि उनले आफ्नो ध्यान अफ्रिकाको युवा शक्तिमा केन्द्रित गरे। उनको चिन्ता यो छ, अफ्रिकाको क्षमता स्रोतहरूको अभाव र तालिमको कमीका कारण विश्वव्यापी विकासमा पूर्ण रूपमा सहभागिता जनाउन सकिरहेको छैन। यसलाई हटाउन उनले “जी20-अफ्रिका कौशल गुणक पहल” प्रस्ताव गरेका छन्। यो प्रस्तावको लक्ष्य यो हो, आगामी १० वर्षमा १० लाख प्रमाणित प्रशिक्षकहरू तयार गरियोस्, जसले भविष्यमा करोडौं युवालाई दक्ष बनाउनेछन्। यस योजनाबाट उनी मान्छन्, विकास तब मात्र दिगो हुनेछ जब प्रत्येक क्षेत्र स्वयं सक्षम हुनेछ।
स्वास्थ्य सुरक्षा पनि मोदीका प्राथमिक चासोहरूमा परेको छ। कोविड-19 महामारीले संसारलाई देखायो, एउटा भाइरसले कुनै पनि व्यक्ति सुरक्षित छैन। त्यसैले उनले “जी-20 विश्व स्वास्थ्य सेवा प्रतिक्रिया टोली” गठनको कुरा राखे, जसमा स्वास्थ्य विशेषज्ञले कुनै पनि विश्वव्यापी आपतकालीन अवस्थामा तुरुन्त सहायता पुर्याउन सकून्। यो चासो मानवताको रक्षा र स्वास्थ्य व्यवस्थापनलाई सुदृढ बनाउनको दिशामा छ। यहाँ देखिन्छ, प्रधानमन्त्री मोदीको चासोको एउटा महत्वपूर्ण आयाम लागू औषध-नेटवर्क पनि हो। उनले चासो व्यक्त गरे, फेंटानाइल जस्ता घातक नशाले मात्र युवा पुस्तालाई नष्ट गरिरहेको छैन, आर्थिक क्षति पनि पुर्याइरहेको छ। यसै जोखिमलाई कम गर्न भारतले “ड्रग आतंकवाद गठबन्धनको सामना गर्ने जी-20” पहलको प्रस्ताव राखेको छ। यसले स्पष्ट गर्छ, भारत विश्वव्यापी सुरक्षाप्रति गम्भीर छ र यसले सामाजिक स्थिरता र शान्तिको ठूलो शत्रु बनेको यस अव्यवस्थालाई समाप्त गर्न चाहन्छ।
भन्नपर्दा अफ्रिका र ग्लोबल साउथको स्वरलाई बलियो राख्नु पनि प्रधानमन्त्री मोदीको गहिरो चासोको रूपमा आएको हो। भारतको अध्यक्षतामा अफ्रिकन यूनियनलाई जी-२० को सदस्यता प्राप्त भयो, यो कूटनीतिक उपलब्धि मात्र होइन, सन्तुलनलाई नयाँ स्वरूप दिनुको दिशामा महत्वपूर्ण कदम हो। प्रधानमन्त्री मोदीले जोड दिँदै भने, अन्तर्राष्ट्रिय संस्थामा विकासशील देशहरूको स्वरलाई बढी महत्व दिनु पर्छ। उनको यो चासो विश्वव्यापी न्याय र सहभागितालाई सुनिश्चित गर्नसँग सम्बन्धित छ।
कुल मिलाएर यदि हामी हाम्रा प्रधानमन्त्री मोदीको सम्पूर्ण सम्बोधनलाई समग्र रूपमा हेर्यौं भने यो स्पष्ट हुन्छ, उनी विकासको असमानताबारे चिन्तित छन्। उनी प्रकृति र परम्परागत ज्ञानको उपेक्षाप्रति गम्भीर प्रश्न उठाइरहेका छन्। उनी अफ्रिकी युवाको भविष्य र क्षमताहरूको उपयोगबारे सचेत छन्। उनी विश्व स्वास्थ्य संकटप्रति संवेदनशील र सतर्क छन्। उनी औषधि र आतंकवादको गठबन्धनलाई मानवताको ठूलो शत्रु मान्छन्। उनी विश्वको दक्षिणी भागको सहभागिता नयाँ उचाइमा पुर्याउन चाहन्छन्। निस्सन्देह यी सबै चिन्ताहरू कुनै एक राष्ट्रको हितमा सीमित हुन सक्दैनन्, भन्नुपर्छ कि यी सम्पूर्ण विश्वको हितसँग सम्बन्धित छन्। यो मोदीको कूटनीतिक सोचको विस्तार पनि हो र भारतको उदीयमान वैश्विक नेतृत्वको सङ्केत पनि हो भन्ने तपाईं मान्न सक्नुहुन्छ।
त्यसैले आज जोहान्सबर्गमा प्रधानमन्त्री मोदीको सम्बोधनले देखाउँछ, भारत अब केवल आफ्नो कुरा राख्नेमा सीमित देश छैन, यो त्यस भन्दा धेरै अगाडि समाधान प्रस्तुत गर्ने राष्ट्र हो। उनका चिन्ताहरू विश्व व्यवस्थाको ती चिराहरूतिर संकेत गर्छन्, जसमा समयमै ध्यान नदिइए भविष्य अझ कठिन हुन सक्छ। विकासशील र विकसित राष्ट्रबीचको सन्तुलन, स्वास्थ्य सुरक्षा, वातावरणीय संरक्षण, युवाको सशक्तिकरण र आतंकमुक्त समाज यी आधारभूत विषयहरू उनले विश्वव्यापी प्राथमिकताहरूको शीर्षमा राखेका छन्। आज अफ्रिकाको भूमिबाट दिएको भारतको सन्देशले आशाको नयाँ मार्ग खोल्छ, साथै यो पनि देखाउँछ, मानवताको भलाइका लागि भारत जिम्मेवार नेतृत्व लिन तयार छ।
–रुबेन गुरूङ, तकभर चियाबारी, दार्जीलिङ।











