81st Aruna Lama

नव सांस्कृतिक संस्थानद्वारा ८१ ओैं अरुणा लामा जयन्ती पालन

Share this news

नव सांस्कृतिक संस्थान लाटपञ्चरले ८१ ओैं अरुणा लामा जयन्ती एवं नव सांस्कृतिक अभियानको सामयिक पत्रिका लिस्नुको स्वर्ण जयन्ती अंकको विमोचन गरेको थियो। अरुणा लामाको जन्मजयन्ती ९ सेप्टेम्बर भएपनि कतिपय कारणवश नव सांस्कृतिक संस्थानले आज पालन गर्यो। शिशिर कुमार प्रधान अध्यक्ष रहेको उक्त समारोहमा संगीत संयोजक आनन्द राई प्रमुख अतिथि अनि सिटोङ लाट समष्टि सभासद प्रतिनिधि रतन गुरुङ, तोर्योक मामरिङ उमाविका प्रधान अध्यायपक किरण लामा विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। सर्वप्रथम स्वर साम्राज्ञी अरुणा लामाको सालिगमा दिपप्रज्वलन अतिथिगणहरुद्वारा माल्या अर्पण गरेपश्चात कार्यक्रम शुभारम्भ भएको थियोे । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु मीरा खवास, देविका पाख्रिन, जीटीए समष्टि आइडल कल्याण थापा, रतन गुरुङ, हिरालाल रनपहेली, गणेश गुरुङ, शेखर चामलिङ, आदिले गीत प्रस्तुत गरेका थिए भने माउन्ट जायन मिशन स्कूल, कनर्र स्टोन के०एन० मेमोरियल एकाडेमीका विधार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।
यसै अवसरमा नव सांस्कृतिक अभियान लाटपञ्चरको समसामयिक साहित्यिक पत्रिका लिस्नुको चोथौ अंकको रुपमा स्वर्ण अंकको पनि विधिवत् रुपमा लोकार्पण गरिएको थियोे। यसवारेमा सम्पादक डिकु मुखियाले आजभन्दा ५० वर्षअघि १९७४ सालमा किशोर चामलिङ, कुमारभाई पौड्याल, नीम गुरुङ र कालुसिंंह रनपहेंली चार रत्नहरुद्वारा शुरु गरिएको लिस्नुको ५० वर्षको स्वर्ण अंकसम्मको छोटोमिठो सारगर्भित स्मरणीय कुराहरु उल्लेख गरेका थिए। साहित्य र संगीत दुई विधाको समागम कार्यक्रमलाई प्रमुख अतिथि आनन्द राईले सम्बोधन गर्दै स्वर सम्राज्ञी अरुणा लामाको सांगीतिक यात्रा उनको योगदान आदि वारेमा विस्तृत जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न