Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

६माइल‌ लेक-ले पुर्नजीवन पाउने सङ्केत

Share this news

विलुप्तिको संघारमा पुगेको ६ माईल‌ लेक-ले लगभग २ दशकपछि पुर्नजीवन पाउने सङ्केत देखापरेको छ। पोखरी बचाऔं समिति अनि जोइण्ट म्यानेजिङ कमिटि (जेएमसी) -ले उठान गरेको यो महत्वकांक्षी संयुक्त प्रयासपछि अहिले देखा परेको पोखरीको पुन: स्वरुपले सबैमा काम गर्ने जोश एवं उत्साहको थप रक्त संचार गरिदिएको छ।
६ माइल बजार अनि ७ माइल गढी देवी मन्दिरबीच बाटो किनाराको यो प्राकृतिक ताल जीर्णोद्धारको परियोजनापछि यो क्षेत्र अनि संलग्न ग्रामीण क्षेत्रमा विकसित भइरहेको पर्या पर्यटनले नयाँ गन्तव्य पाउन सक्ने र यसको भर स्थानीय रोजगार र अर्थनीतिमा बल पुग्ने जेएमसी अध्यक्ष विजय कुमार प्रधानले विश्वास व्यक्त गरेका छन्।
यसबीच हाल चलिरहेको पुर्ननिर्माण कार्यबीच हिजो बुधवार ६ माईल लेक परिसरमा विधिवत पूजाअर्चनाको धार्मिक अनुष्ठान गरियो। अविरल झरीको पर्वाह नगरी भेला भएका मानिसहरूले स्थानीय प्रजातिका माछाहरू पोखरीमा छोडेका छन्। यसको साथै मूल बाटो किनारा एकान्त ठाउँमा खडा यो प्राकृतिक लेक-को सुन्दरतासँगै स्वच्छता बनाइराख्न फोहोर, दिशा-पिसाबमुक्त राख्नुपर्ने उनले मानिसहरुसमक्ष अपिल गरेका छन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या