तराईकाे बेलगाछीबाट विभिन्न राजनैतिक दल छाेडेर लगभग 200 परिवार तृणमूल कंग्रेसमा सामेल भएकाे दाबी हिल्स तृणमूलहिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले दलीय झण्डा प्रदान गरि उनीहरूलाई पार्टीमा स्वागत जनाए। यस अवसरमा तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, मिरिक महकुमा युवा अध्यक्ष साङ्गे तामाङ, युनियन नेता संजय (जयराम) राई, युवा जिल्ला उपाध्यक्ष विकास सुब्बा लगायत च्याँगा पानीघट्टा ग्राम पन्चायतका प्रतिनिधिहरू पनि उपस्थित थिए।
