स्वतन्त्रता दिवस शिक्षक संगठनको आयोजनामा हुने

Share this news

तीनधारे , 22 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभा आगामी स्वतन्त्रता दिवस समारोहलाई लिएर सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता प्रधान अध्यापक संग्राममणि वाईबाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई शिक्षक संगठन तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्रीले सञ्चालन गरेका थिए। सभामा शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा पनि उपस्थित रहेका थिए। सभामा तीनधारेमा यसपाली शिक्षक संगठनको आयोजनामा स्वतन्त्रता दिवस समारोह पालन विषयमा चर्चा परिचर्चा गर्दै स्वतन्त्रता दिवस समारोह समिति पनि गठन गरिएको छ। यस समितिमा सभापति विकास प्रधान, मूल सचिव सुरेन्द्र गुरुङ, कोषाध्यक्ष प्रवीण राई र प्रचार प्रसार सचिव सन्तोष लामा चयन गरिएको छ। सभामा आगामी स्वतन्त्रता दिवस समारोहमा प्राथमिक पाठशाला र हाई स्कूल स्तरीय विद्यार्थीहरुलाई लिएर कस्तो कस्तो खेलकूदहरु आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै स्वतन्त्रता दिवस समारोह समितिका प्रचार प्रसार सचिव सन्तोष लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान