सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

Share this news

खरसाङ ,18 जुलाई(निसं): खरसाङ पुलिस थाना अन्तर्गत सेभोक पुलिसको टोलीले परिजात नगर, सेभोकस्थित एक पसलमा छापा मारी महेन्द्र बोहरा र पोफ्मा बोहरालाई पक्राउ गरेको छ। उक्त छानबीनको क्रममा उनीहरूको पसलबाट 1 हजार 6 सयवटा निट्राजेपाम ट्याब्लेट्स आईपी 10 ग्राम जफ्त गरेको छ।यसको साथै लागुऔषध बिक्रीबाट प्राप्त भएको एक लाख रुपियाँसमेत जफ्त गरेको जानकारी प्राप्त भएको छ। उक्त खोजी-तलासी तथा जफ्त कार्य खरसाङ्का जोइन्ट बीडीओको उपस्थितिमा एनएसपीएस ऐन अन्तर्गतका सम्पूर्ण कानूनी प्रक्रिया पालना गरी गरिएको र सम्पूर्ण कार्यको भिडियो रेकर्डिङ समेत गरिएको जानकारी गराइएको छ। यस सम्बन्धमा खरसाङ पुलिस थानामा केस संख्या 97/25, धारा 21(ए)/22(ए)/29 एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। दुवै अभियुक्तलाई दार्जीलिङस्थित विशेष एनडीपीएस न्यायलयमा पेश गरिएको थियो। जस अनुसार अभियुक्त महेन्द्र बोहरालाई 3 दिनको पुलिस रिमाण्डमा पठाइएको छ। यसअघि पनि गत 14 जुलाईको दिन सेभोक पुलिसले पारिजात नगरका किशन राई उर्फ पुरेकी र सृजना राईलाई पक्राउ गरी उनीहरूको साथबाट 1 सय 50 वटा प्रोक्सिमेक स्पास क्याप्सुल्स जफ्त गरेको थियो। यसबारे खरसाङ थानामा केश संख्या 95/25 धारा 21(बी)/22(बी)/29 एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल दुवै अभियुक्त जेल हिरासतमा रहेका छन्‌‍ भनी पुलिस सूत्रले जानकारी दिएका छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न