Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

राजनयीकको रुपमा मात्र नभएर 40 वर्ष देशको सेवा गरेपछि यहाँ आइपुगेको हुँः हर्षवर्धन श्रृंगला

Share this news

खरसाङ, (निसं): पूर्व राजदुत एवं राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले संसदमा आफ्नो प्रथम वक्तव्य ओपरेशन सिन्दुरको बारेमा राखेका छन्‌‍। तिनले आफ्नो वक्तव्य नेपाली, बंगाली अनि अंग्रेजी भाषामा राखेका थिए। संसदमा बोल्दै श्रृंगलाले राज्यसभाको निम्ति मनोनित गरेकोमा राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेद्र मोदीलाई धन्यवाद दिए। तिनले आफ्नो वक्तव्यमा एक राजनयीकको रुपमा मात्र नभएर 40 वर्षसम्म विभिन्न पक्षबाट देशको सेवा गरेकोमा यस स्थानमा आइपुगेको बताए। तिनले ओपरेशन सिन्दुरको बारेमा बल्दै भने, हामीले 7 मईको राति एउटा अतिनै सतर्कता अनि सुझबुझको साथमा पाकिस्तान अनि पाकिस्तान अधिकृत कश्मिरको आतंकवादी केन्द्रहरूमा प्रहार गऱ्यौँ। हामीले पाकिस्तानको छातीमा प्रहार गरेर 1 सय जति आतंकवादीहरूलाई माऱ्यौँ। मारिनेहरूमा राष्ट्र संघ सुरक्षा परिषदद्वारा मोस्ट वाण्टेडको लिस्टमा राखिएका आतंकवादीहरू पनि थिए। यसरी हामीले भारतको निम्ति मात्र काम गरेनौँ अन्तर्राष्ट्रिय समाजको निम्ति पनि काम गरेका छौँ। त्यस समय हामीले एआई क्षमतासम्पन्न उपग्रह अनि उच्च क्षमताको तक्निकीको प्रयोग गरेका थियौँ। यो हाम्रो निम्ति ठूलो उपलब्धि थियो, यसको निम्ति हाम्रा वैज्ञानिक अनि सेनालाई बधाई दिन पर्छ। यस कार्वाहीमा आतंकवादी केन्द्र बाहेक अन्य कुनै क्षति भएन। आतंकवादी केन्द्रको बाहिर एक जना पनि साधरण मानिसको ज्यान गएन। यसको निम्ति हामीले हाम्रो सेनाको प्रशंसा गर्न पर्छ। तिनले अन्तर्राष्ट्रिय कानुन अनुसार राष्ट्र संघ चार्टरको 51 अनुसूची अनुसार भारतलाई आफ्नो रक्षाको अधिकार रहेको जनाउदै भने, अपरेशन सिन्दुर हाम्रो एउटा शक्तिशाली सन्देश थियो। पाकिस्तान आतंकवादको पछाड़ी छ। श्रृंगलाले वर्तमानमा खाड़ी मुलुकका देशहरूसितको सम्बन्धमा सुधार आएको बताउदै भने, 10-15 वर्ष अघिसम्म खाड़ीदेशहरूसितको सम्बन्धमा सहजता थिएन, यसको कारण पाकिस्तान थियो। वर्तमानमा खाड़ी देशहरूसितको सम्बन्धमा धेरै परिवर्तन आएको छ। साउदी अरब, यमन अनि अन्य देशहरूसित सम्बन्ध सुमधुर बनेको छ। खाड़ी देशका नेताहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीले जुन प्रकालले सम्बन्ध स्थापित गरे, यो त्यसको परिणाम हो। रक्षा, सुरक्षा र विदेश नीतिमा हामीले एकता देखाउन पर्छ, हामी एक रहनु पर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश हर प्रकारको चिनौतीको सामना गर्न सक्षम छ। विकसित भारत बन्नको निम्ति हामी एकसाथ यात्रा तय गर्न चाहान्छौँ भने एक रहन पर्छ, एकता देखाउन पर्छ।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या