सड़क बिचैमा फोहोर-मैला फालिएपछि समस्यामा मानिस

Share this news

खरसाङ, (निसं): खरसाङ शहरलाई स्वच्छ र सफा राख्नको निम्ति नगरपालिकाको दायित्य हो भने यसमा नगरवासीको दायित्व पनि त्यतिकै रहन्छ। नगरपालिकाका कर्मचारीहरूले विभिन्न स्थानबाट फोहोर-मैला संग्रह गरेर सुन्तलेको ट्रिट्मेन्ट प्लान्टमा लैजाने गर्छन्‌‍। नगरपालिका कर्मचारीहरूलाई आफ्नो घर-दोकान, कार्यालय, रेस्टुरेन्ट, होटलबाट निस्किएको फोहोर-मैला दिने नगरवासीको दायित्व हो तर कतिपयले फहोर-मैला जतासुकै फाल्ने गर्छन्‌‍, झोड़ा-नाला अथवा आफूलाई सजिलो स्थानमा फालिदिन्छन्‌‍, यसो गर्नु गलत हो भनी सुधपा टोलको कप्तान सुरज शर्म पथमा हिँड़िरहेका कतिपय व्यक्तिहरूले बताए। सुधपा टोलको यस पथमा कतिपय मानिसहरूले फालेको फोहोर-मैला सड़कम बिचैमा छरिएको अवस्थामा थियो। घरबाट अथवा होटलको फालिएको खानेकुरो प्लास्टिकको थैलामा हालेर यहाँ फालिएको थियो। उक्त खानेकुरो कुकुरहरूले खाइरहेका थिए। सड़कमा फालिएको उक्त फोहोर-मैलाबाट दुर्गन्ध आइरहेको मानिसहरूले बताए भने कतिपयले फोहोर-मैलामा मानिसको मल रहेको पनि दावी गरिरहेका थिए। यसरी सड़मा फोहोर-मैला फालिएकोले मोटर बाईक-स्कुटी वा गाड़ीहरू चिप्लिने सम्भावना पनि बनेको बनेको थियो। विगत केही वर्षदेखि खरसाङ नगरपालिकाले घर-दैलो फोहोर-मैला संकलन गर्ने गरेको छ। शहरी क्षेत्रमा प्रत्येक दिन फोहोर-मैला उठाइने गरिन्छ भने शहरदेखि बाहिरका क्षेत्रहरूमा हप्तामा दुई अथवा तीन पल्ट फोहोर मैला संकलन गर्ने गरिन्छ। नगरपालिकाले यसरी घर-दैलो फोहोर-मैला संकलन गर्ने कार्य गरिरहेको भए तापनि कतिपय मानिसहरूले यस प्रकार फोहोर-मैला सड़क, नाली, झोड़ा, बाटो किनार, कुनाकाप्चामा फाल्ने गरेका पाइएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न