शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन

Share this news

तीनधारे, 25 जुलाई (निसं)ः खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको नयाँ भवन शुक्रवा उदघाटन गरिएको छ। तीनधारे महानदी समष्टिको सिपाहीधुरामा रहेको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनको निर्माण कार्य पूरा भएपछि शुक्रवार विधिवत्‌‍ रूपमा उदघाटन गरिएको हो। उक्त नवनिर्मित पञ्चायत भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधान उपस्थित रहेका थिए भने तिनको बाहुलीबाट रिबन काटेर भवनको उद्घाटन गरिएको हो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट पूजा अर्चना गरेर नयाँ भवनमा प्रवेस गरिएको थियो। पञ्चायत सदस्य बिक्की पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिवखोला ग्राम पञ्चायत प्रधान मोहनकुमार प्रधानले राखेका थिए भने पञ्चायत सचिव स्मृति सिंहले सबैलाई स्वागत जनाएका थिए। 20 लाख रुपियाँको खर्चमा निर्माण गरिएको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनमा अब एक सयजना जति आरामले बस्न सक्ने बताइएको छ। कार्यक्रममा दिपेस तामाङले गीत प्रस्तुत गरेका थिए। यस उदघाटन कार्यक्रममा प्रमुख अतिथि खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधान, क्षेत्रीय सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्या अनिरा वाईबा आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा जल जीवन मिशन विषयमा सुभम प्रधानले मानिसहरूलाई जानकारी गराएका थिए। यस उदघाटन कार्यक्रममा खरसाङ पञ्चायत समितिको कर्माध्यक्षहरु भक्तिमान तामाङ, दावा वाङ्दी लामा र अन्य, पञ्चायत समिति सदस्यहरु, ग्राम पञ्चायत सदस्यहरु, सुकना, घैयाबारी दुईको ग्राम पञ्चायत प्रधान भगवती प्रधान, घैयाबारी ग्राम पञ्चायत तीनको प्रधान सुष्मा वाईबा, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, सुकना ग्राम पञ्चायत प्रधान, उप प्रधान, शिवखोला ग्राम पञ्चायतका उप प्रधान अम्बिका देवान लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस विषयमा हिमालय दर्पणसित कुराकानी गर्दै शिवखोला ग्राम पञ्चायत प्रधान मोहनकुमार प्रधानले आफूहरुको पञ्चायत भवन पुरानो र सानो रहेको थियो तर नयाँ भवन उदघाटन भएपछि अब नयाँ भवनमा सर्ने र काम गर्न सुविधा भएको बताएका छन्‌‍। उनले बताए अनुसार शिवखोला ग्राम पञ्चायतको पञ्चायत भवन पुरानो र सानो थियो। त्यसैले नयाँ भवन निर्माणपछि उदघाटन गरिएको र यो नयाँ भवनमा सबै कार्यहरु गरिने छ।


Share this news
आजको रोजाइ
एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

साक्योङमा सीएपीको समष्टिस्तरीय बैठक सम्पन्न

साक्योङमा सीएपीको समष्टिस्तरीय बैठक सम्पन्न

प्रा.डा. शङ्कर प्रसाद शाह विश्वमा उत्कृष्ट जीव विज्ञानी

प्रा.डा. शङ्कर प्रसाद शाह विश्वमा उत्कृष्ट जीव विज्ञानी

अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

टाँसी सम्तेनलिङ गुम्बामा टेल्डा छेचु पद्म सम्भवको जन्म जयन्ती

टाँसी सम्तेनलिङ गुम्बामा टेल्डा छेचु पद्म सम्भवको जन्म जयन्ती

जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा

वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा