शहरको कतिपय स्थानमा काटिएका केबलहरू उठाउन पर्ने

Share this news

खरसाङ, 29 जून (निसं)ःअ गभग एक महिना अघि खरसाङ नगरपालिका अनि खरसाङ महकुमा प्रशासनले शहरमा रहेको अव्यस्थित र जोखिमपूर्ण केबलहरू काट्ने काम गरेको थियो। नगरपालिका अनि महकुमा प्रशासनले अव्यवस्थित र जोखिमपूर्ण केबलहरू काटिदिएपछि वर्तमानमा विभिन्न इन्टरनेट सेव प्रदान गर्ने, टेलिभिजन सेवा प्रदान गर्ने कम्पनीका एजेन्सीहरूले नयाँ गरेर व्यस्थित प्रकारले केबल टाँग्ने कार्य पनि गरिसकेका छन्। तथापि त्यस समय काटिएका केलबहरू अझ पनि कतिपय स्थानमा थुप्रिएको, झुण्डिएको अथवा तत्रिएको अवस्थामा देखिएका छन्। शहरको कतिपय स्थानमा काटिएका केबलहरू यसरी भूईँमा छरिएएको, कुनै बिल्डिङबाट झुण्डिएर बसेको अवस्थमा रहेकोले मानिसहरूलाई समस्या भइरहेको गुनासोहरू प्राप्त छ। खरसाङको वर्द्धवान रोड, राष्ट्रिय राजमार्गको 1-2 स्थानहरूमा यसरी काटिएका केबलहरू पाइएका छन्। भूईँमा छरिएर बसेका यस्ता केबलहरूको कारण मानिसहरू अल्झिएको, मोटर बाईक-स्कुटीहरूको खुट्टा अल्झिएको गुनासोहरू प्राप्त छ। शहरको धेरै स्थानबाट यसरी काटिएका केबलहरू उठाइएको भए तापनि कतिपय स्थानमा रहेका केबलहरू उठाउन बाँकी रहेकोले यसरी छरिएर, लत्रिएर, झुण्डिएर बसेका केबलहरू उठाउन पर्ने जनसाधरणको माग छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न