राजतन्त्रको पुनर्स्थापना केवल दिवास्वप्न हो: प्रधानमन्त्री ओली

Share this news

सिरहा: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजतन्त्र पुनर्स्थापना हुने कल्पना गर्नु केवल दिवास्वप्न मात्र भएको बताएका छन्।

मंगलबार सिरहा जिल्ला सदरमुकाममा आयोजित नेकपा (एमाले) को ११औं जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले अब कहिल्यै पनि राजतन्त्र स्वीकार नगर्ने स्पष्ट पारे। उनले फागुन १५ गते राजतन्त्र समर्थकहरूद्वारा गरिएका गतिविधिहरूले उनीहरूको वास्तविकता उजागर भएको टिप्पणी गरे।

“राजतन्त्र पुनःस्थापना दिवास्वप्न मात्र हो। यसको कुनै अर्थ छैन। फागुन १५ को कार्यले त्यो सपना चकनाचुर भएको छ,” प्रधानमन्त्री ओलीले भने। साथै, अहिलेको व्यवस्था हट्ने कुनै सम्भावना नभएको उनले जनतालाई आश्वस्त पारे।

प्रधानमन्त्री ओलीले सर्वसाधारणको घर, औषधि कम्पनी, सञ्चार गृहमा आगजनी गर्ने, मानिसलाई घरभित्र थुनेर जलाएर मार्ने जस्ता अराजक र विनाशकारी गतिविधिहरू अब स्वीकार्य नहुने बताए।

सरकार सुशासन, विकास र समृद्धिमा केन्द्रित रहेको प्रधानमन्त्री ओलीले पुनः दोहोर्‍याउँदै, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न आफू प्रयासरत रहेको उल्लेख गरे।

सामाजिक न्याय, समानता, समावेशिता र समानुपातिक प्रणालीलाई प्रभावकारी बनाएर लोकतन्त्रलाई सुदृढ बनाउने प्रतिवद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा धनुषा र सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुल समयमै सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको जानकारी गराए।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री ओलीले जनकपुरस्थित मधेस प्रदेश सभामा पनि सम्बोधन गरेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान