Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

Share this news

खरसाङ, 15 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा अनि खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 को प्रिमियर डिभिजन अन्तर्गत निर्णायक खेल सम्पन्न भएको छ। खरसाङ्को गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको शुक्रवारको निर्णायक खेल प्रिमियर डिविजन अन्तर्गत युकेएफसी अनि केएफसीमाझ खेलियो। विगतका दिनहरूमा सम्पन्न भएको खेलहरू खेलिसकेपछि यी दुवै दल 9-9 अङ्कको बराबरीम रहेका थिए। यी दुई दल मध्ये विजेता दल चयनको निम्ति शुक्रवारको निर्णायक खेल खेलाइएको हो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले आफ्नो असल खेलको प्रदर्शन गर्दै खेलेका थिए। यस खेलमा युकेएफसीले केएफसीलाई 2 गोलको विरुद्ध 5 गोल गरेर हराएको छ। यस प्रकार युकेएफसीले जम्मा 12 अङ्क प्राप्त गरी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजनको विजेता दल बनेको छ। 20 जुलाई आइतवारको दिन खरसाङ सुपर लीग 2025 को च्याम्पियन डिभिजन अन्तर्गत फाइनल खेल सम्पन्न हुनेछ। फाइनलमा मकैबारी युनाइटेड एफसी अनि खरसाङ स्पोर्टिङ क्लब मन्टिभयटमाझ हुने छ। शुक्रवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रतीक गुरुङ, दावा डोमा भोटिया, प्रमोद प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि रेबिका प्रधान रहेका थिए। खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी दिए अनुसार दावा डोमा भोटिया प्रथम महिला फुटबल रेफरी दार्जीलिङबाट हुन्‌‍। तिनले रेफरीको भूमिका निभाउदै दार्जीलिङ पहाड़ लगायत विभिन्न स्थानहरूमा फुटबल खेलको सञ्चालन गरिरहेकी छन्‌‍। बिहीवार मात्र कलकत्ता फुटबल लीगको सञ्चालन गरेर तिनी फर्किएकी हुन्‌‍। खरसाङ फुटबल एसोसिएशनद्वारा 2023 मा आयोजित रेफेरीस रेसेडेन्सियल ट्रेनिङ प्रोग्राममा भोटिया एक प्रशिक्षार्थीको रुपमा रहेकी थिइन्‌‍। पछि तिनले कलकत्ताबाट रेफरीको परीक्षा उत्तीर्ण गरेर लाइसेन्स प्राप्त गरेपछि फुटबल खेल सञ्चालम गर्दै आइरहेकी छिन्‌‍। दावा डोमा भोटिया हिल रेफरीस एसोसिएशनसित सङ्लग्न छिन्‌‍। हिल रेफेरीस एसोसिएशनले हालमा खरसाङ सुपर लीग 2025 अनि दार्जीलिङ लीग सञ्चालन गरिरहेको छ। शुक्रवारको खेलमा विशिष्ट अतिथिको रुपमा भारतीय महिला फुटबल दलका प्रमुख प्रशिक्षक क्रिस्पिन छेत्री अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिका खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरुङ उपस्थित थिए।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या