मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा आगलागीमा घर जलेर स्वाहा, एकजनाको घटनास्थलमै मृत्यु

Share this news

सोनादा,  (किरण छेत्री): टुंग सन्त मेरिज समष्टिको मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा दिवस लिम्बुको घरमा आगलागी भएर एकजनाको मृत्यु भएको छ। मंगलबार रातीको समय सर्ट सर्किटको कारणले उक्त आगलागी भएको बताइएको छ। काठको घरमा आगलागी हुँदा घर सबै आगोले स्वाहा भएको छ। दिवस लिम्बु कामको सिलसिलामा घरदेखि बाहिर रहेका छन्‌‍ भने घरमा अचानक आगलागीको समय घरमा भएको चारजनाको परिवारमा दिवस लिम्बुकी पत्नी जगिमा लिम्बु (36 वर्ष), आमा सुकमाया लिम्बु (75 वर्ष), र छोरी संस्कृति लिम्बु(15 वर्ष) ज्यान जोगाएका थिए। तर पिता नन्दकुमार लिम्बु (87 वर्ष) भूतपूर्व सैनिक रहेको जो प्यारालाइजको कारणले विगत तीन वर्षदेखि ओछ्यानमा रहेका थिए र आगोको चपेटमा परेर दु:खत मृत्यु भएको बताइएको छ। आमा सुकमाया लिम्बुलाई आगोमा केही चोटको लागेको र उपचारको लागि सोनादा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको र प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी प्राप्त भएको छ। तर पिता नन्दकुमार लिम्बु भने आगोको चपेटमा परेर घटनास्थलमा नै दु:खद मृत्यु भएको छ। उनको पार्थिव शरीरलाई पोस्ट पोर्टमको लागि दार्जिलिङ पठाइपछि घर ल्याएर बुधबार नै अन्तिम संस्कार गरिएको छ। यस आगलागीको घटना सुन्नसाथ खरसाङबाट अग्निशमन विभागका कर्मचारीहरु, सोनादा पुलिस आउट पोष्टको पुलिस अधिकारी घटना स्थलमा पुगेका थिए। उक्त आगलागीको घटनालाई लिएर बुधबार बिहान टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा घटनास्थलमा पुगेर निरीक्षण गरेर पिढीत परिवारसित भेटघाट गरेका छन्। उनले यस घटनालाई लिएर जीटीए प्रमुख अनित थापालाई जानकारी गराएको साथै सबै सरकारी अधिकारीहरुलाई पनि जानकारी गराएका थिए। यसको साथै सभासद नुरी शेर्पाले घाइते सुकमाया लिम्बुलाई आफ्नै गाडीमा खरसाङ महकुमा अस्पतालमा उपचारको लागि पठाएका थिए। उनले आवश्यक सहयोगको लागि पनि पहल गरिरहेको जानकारी प्राप्त भएको छ। सभासद नुरी शेर्पासितै पञ्चायत समिति सदस्य छोगेल लामा, भागोप्रमो सांगठनिक सचिव बिपन भुजेल, सल्लाहकार दिलिप गजमेर, मार्गरेट्स होप चियाबारीको सहायक प्रबन्धक रामकुमार राई लगायत स्थानीय भागोप्रमोको प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभासद नुरी शेर्पाले जानकारी गराएपछि सुखे खण्ड विकास अधिकारी, खण्ड आपदा प्रबन्धन अधिकारी, सुखे खण्ड पञ्चायत समितिको सभापति, पञ्चायत प्रधान पेम्बा लामा र पञ्चायत सदस्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
अमीर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार दिइने

अमीर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार दिइने

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

रिन्जिङ वाङ्ग्याल छोपेलद्वारा आफ्नो पदभार अधिग्रहण

रिन्जिङ वाङ्ग्याल छोपेलद्वारा आफ्नो पदभार अधिग्रहण

मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा

मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा

जीर्ण सडकको भीडीयो सार्वजनिक हुनेसाथ मरम्मतिको दावि

जीर्ण सडकको भीडीयो सार्वजनिक हुनेसाथ मरम्मतिको दावि

नेताजी सुभाष बोसको सम्झनामा आकर्षक लोकोमोटिभ

नेताजी सुभाष बोसको सम्झनामा आकर्षक लोकोमोटिभ

लाक्पा जोजो र उनको टोलीलाई स्वागत गर्दै युवाहरू

लाक्पा जोजो र उनको टोलीलाई स्वागत गर्दै युवाहरू

तुङसुङका नवीन राई र धिरेन आले आइजीजेएफमा सामेल

तुङसुङका नवीन राई र धिरेन आले आइजीजेएफमा सामेल

क्यापका पञ्चायत सदस्य सुवास राई एसकेएम सामेल

क्यापका पञ्चायत सदस्य सुवास राई एसकेएम सामेल

डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने

डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने