भागोप्रमोको महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा सम्पन्न

Share this news

तीनधारे, 21 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा महानदी बजारको सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइली, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, पञ्चायत समिति सदस्या सरिता मुखिया लगायत महानदी ग्राम पञ्चायतभित्र पर्ने सातवटा बुथहरुका सभापति सचिवहरुले सम्बोधन गरेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा र उप प्रधान सोनिका तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको संयोजकको रुपमा पञ्चायत समिति सदस्य कुसाङ लामालाई चयन गरिएको छ। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत तीनमा भएको गत सभामा घैयाबारी तीन ग्राम पञ्चायतको लागि केवल राईलाई संयोजकको रुपमा चयन गरिएको जानकारी प्राप्त भएको छ। आजको महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न