बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो

Share this news

काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका आधा खेल सकिँदा प्रतियोगिताबाटै बाहिरिने पहिलो टिम हुनेक्रममा छ बुटवल लुम्बिनी । टोलीको ४ खेल सकिएको छ । खातामा छ जम्मा १ अंक । टिम पुछारमा छ ।

सुरुमै एक खेल बराबरी खेलेपछि बुटवल–लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ । टोलीले आफ्ना अन्तिम दुई खेल जित्ने हो भने पनि अधिकतम ७ अंक हुनेछ । यो प्लेअफ प्रवेशका लागि पर्याप्त जादुयी अंक होइन । यसको ठीक विपरीत काठमाडौं रेजर्सले भने तेस्रो सिजनको आफ्नो पहिलो जितसँगै प्लेअफ सम्भावना जीवन्त राखेको छ । काठमाडौंको ४ खेलबाट ५ अंक भएको छ । टोली तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

काठमाडौंले अझै ढुक्क हुन सक्दैन, तर राहत भने महसुस गर्न सक्छ । मंगलबार बुटवल–लुम्बिनीविरुद्ध एक प्रकारले काठमाडौं भाग्यमानी पनि साबित भयो । एक अर्को खेल गोलरहित बराबरीतर्फ अग्रसर भएका बेला अमाडोउ डियोपले ८९ औं मिनेटमा निर्णायक गोल गरे । उनले यसका लागि पेनाल्टी एरियाको ठीकबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । १–० ले जितेको खेलपछि काठमाडौंका प्रशिक्षक प्याट्रिक डे वाइडले भने, ‘यो खेलमा जितका लागि हामी नै हकदार थियौं ।’

उनको कतिसम्म दाबी रह्यो भने जसले यो खेललाई ‘इन्जोय’ गर्दैन, त्यो फुटबल समर्थक नै होइन । उनले थपे, ‘आज जित्यौं, त्यसैले खुसी छौं । हाम्रो यो पहिलो जित हो । हामी अझै प्लेअफका लागि छनोट भएका छैनौं ।’ हारका बावजुत यो खेलका नायक रहे, बुटवल–लुम्बिनीका गोलरक्षक दीप कार्की । उनी नहुँदो हो त यो खेलमै मात्र किन र, पूरा प्रतियोगितामै बुटवल–लुम्बिनीको के स्थिति हुने थियो, त्यो कल्पना गर्न सकिन्न ।

खेलपछि मिडियासामु आउनेमा दीप पनि रहे । उनले भने, ‘मलाई प्रतियोगितामा आफूलाई प्रमाणित गर्नु थियो । मलाई लाग्छ, अरू नेपाली गोलरक्षकले पनि आफूलाई प्रमाणित गरेका छन् ।’ खेलाडी अक्सनमा लगभग सबै टिमले स्वदेशी गोलरक्षकलाई बेवास्ता गर्दै विदेशी खेलाडीमै भरपर्ने काम गरेको थियो । पूरा खेललाई लिएर बुटवल–लुम्बिनीका प्रशिक्षक पुष्पलाल शर्माले यसअघिका खेलको तुलनामा आफ्ना खेलाडीले राम्रो खेलेको दाबी गरे |

तर, उनलाई के लागेको छ भने आफ्नो टिम १० खेलाडीमा सीमित रहेर खेलेको थियो, त्यसैले यसको असर खेलमा पर्नु नै थियो । खेलको ७२ औं मिनेटमा सुमन श्रेष्ठले सिधै रातो कार्ड खाए । काठमाडौं कर्नर प्रहार गर्ने क्रममा थियो । यही बेला सुमनले विपक्षी खेलाडी अलिजोन अलिजोनोभलाई मुक्का हाने रेफ्री प्रज्ज्वल क्षेत्रीसामु रातो कार्डबाहेक अर्को विकल्प थिएन । समग्रमा प्रशिक्षक शर्मालाई के पनि लागेको छ भने सायद टिमको तयारी पनि पुगेन ।


Share this news
आजको रोजाइ
जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

घलेगाउँ विशाल राईको घरमा आगलागी 

घलेगाउँ विशाल राईको घरमा आगलागी 

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने