पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍

Share this news

मकैबारी चियाबगान अन्तर्गत कैलापानीका एघार घर पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍। उनीहरू अहिले अस्थायी त्राण शिविरमा छन्‌‍। अझै पनि गाउँ माथिबाट पैह्रो जाने क्रम रोकिएको छैन्‌‍। चिया बगानबाट घर बनाउनको निम्ति जमीन उपलब्ध गराइए तापनि जमीन खनजोत गरिएको छैन्‌‍ औ चियाका बोटहरू उखेलिसकिएको छैन्‌‍, जसको कारण त्यहाँ कुनै घर बनाउन सकिएको छैन्‌‍। यसै अवधि शनिवार रातभरि चलेको हुरी बतासले तिनीहरू बस्दै आइरहेको त्राण शिविरलाई पनि भत्काइदिएपछि तिनीहरूको हरिबिजोग भएको छ। हावाले क्याम्पको छानो उप्काइदिएको तथा बाँसहरू पनि सबै भाँचिदिएपछि सबै पानी भित्र पस्दा तिनीहरू रातभरि सुत्न नसकेको पैह्रो पिडितहरूले बताएका छन्‌‍। विशेषगरी नानी अनि वृद्ध-वृद्धाहरूलाई निक्कै कष्ट भएको जनाए। हावाले यसरी क्याम्प भत्काएर पानी भित्र पस्दा पलंगमा ओछ्याइएका तथा आफूले लगाइएका समेत सबै लुगाफाटाहरू पनि भिजेर निक्कै असुविधा भएको बताएका छन्‌‍। यसबारे सम्बन्धित सबैले तिनीहरूको पुनर्वास गराउन तथा यस अस्थायी शिविरबाट मुक्त गरिदिन विलम्ब नगरिदिने आग्रह पनि गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
Oplus_131072

सांसद राजु विष्टद्वारा संसदमा वैकल्पिक मार्ग र रोपवे परियोजनाको माग

जीटीएका किसानहरूको निम्ति योजनाहरूबारे चर्चा

जीटीएका किसानहरूको निम्ति योजनाहरूबारे चर्चा

पार्टीभित्र बस्न नसकिने भाजपा मण्डलअध्यक्षहरु भनाइ 

पार्टीभित्र बस्न नसकिने भाजपा मण्डलअध्यक्षहरु भनाइ 

बन्द अम्बटे चियाबारी खोलियो बाइस महीनापछि

बन्द अम्बटे चियाबारी खोलियो बाइस महीनापछि

फसल राम्रो, दाम छैन, इस्कुस कृषकहरू निराश

फसल राम्रो, दाम छैन, इस्कुस कृषकहरू निराश

रातीको हावा-हुन्डरीले सामुएल सुब्बाको घरलाई क्षति

रातीको हावा-हुन्डरीले सामुएल सुब्बाको घरलाई क्षति

राज्य समन्वय समितिको केन्द्र र जिल्ला समिति गठन

राज्य समन्वय समितिको केन्द्र र जिल्ला समिति गठन

मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

अम्बटे, बसेरीको शिवालयमा श्रद्धालुहरूको भीड

अम्बटे, बसेरीको शिवालयमा श्रद्धालुहरूको भीड

सिलगढी जर्नलिस्ट क्लबको 29 औं वार्षिक कार्यक्रम

सिलगढी जर्नलिस्ट क्लबको 29 औं वार्षिक कार्यक्रम