चेत अनि लाभान्वित बनाउनु हो। उक्त शिविरमा चालक, कण्डक्टर, सफाईकर्मी, गैरसरकारी कर्मचारी, मोटर स्ट्याण्ड, ट्याक्सी स्ट्याण्ड अनि बस स्ट्याण्डमा काम गर्ने कामदारहरू सहित परिवहन क्षेत्रका विभिन्न कर्मचारीहरू शामेल रहने छन्। श्रम विभागद्वारा प्रतिभागीहरूलाई सरकारी योजना अन्तर्गत विभिन्न कल्याणकारी योजना, पात्रता मापदण्ड अनि नामाङ्कन प्रक्रिया विषयमा जानकारी गराइने छ। शिविरमा सहभागिता जनाउने परिवहन कर्मचारीहरूलाई योजना अन्तर्गत केवल सचेत मात्र गराइने छैन, सहभागी चालक, कण्डक्टर, कर्मचारी, कामदारहरूलाई लाभार्थी बन्नको निम्ति शिविरमा नै नामाङ्कण भर्ने सुविधा पनि उपलब्ध गराइने छ। उक्त पहल विषयमा जानकारी गराउँदै, श्रम विभागका अधिकारीहरूले परिवहन कर्मचारीहरूलाई के-कसरी सरकारी योजनाको लाभ अनि सहायता प्रदान गर्न सकिन्छ भन्ने विषयमा कार्य गरिनेछ। श्रम विभागका अधिकारीहरूले खरसाङ महकुमाका क्षेत्रका सबै चालक, कण्डक्टर, सेण्डिकेटमा कार्यरत कादार, परिवहन कर्मचारीहरूलाई शिविरमा उपस्थित रहेर यो अवसरको लाभ उठाउने आह्वान गरेका छन्।
