नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन

Share this news

टुंग सन्त मेरिज समष्टिको नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन क्षेत्रीय सभासद नुरी शेर्पा र सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी डाक्टर बुद्धदेव विश्वासको बाहुलीबाट गरिएको छ। यस अवसरमा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी, सुखे पोखरी खण्ड पञ्चायत समितिको सहकारी सभापति मनखुस राई, कर्माध्यक्ष बबिन्द्र राई अनि छोगेल लामा, पञ्चायत प्रधान पेम्बा लामा, पञ्चायत समिति सदस्य सिध्दार्थ मोक्तान, पञ्चायत सदस्यहरु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सचिव बिपन भुजेल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस सुस्वास्थ्य केन्द्रको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले यस क्षेत्रमा सुस्वास्थ्य केन्द्रको निर्माण गरिदिएकोमा धन्यवाद दिएका छन्‌‍ ॐ। उनले यो सुस्वास्थ्य केन्द्र यस क्षेत्रको मानिसहरुका लागि ठूलो उपलब्धि नै हो भनी बताउँदै यसको संरक्षण गर्नु स्थानीयहरुको दायित्व हो भनी बताएका छन्‌‍। सभासद शेर्पाले स्थानीयहरुले यस स्वास्थ्य केन्द्रबाट लाभ उठाउन आवश्यक रहेको पनि बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न