दुर्घटनामा मृत्यु भएका द्वयलाई अनित थापाद्वारा श्रद्धाञ्जली

Share this news

दार्जीलिङ,18 जुलाई(निसं):बुधबार बिजनबारी शहरदेखी दुरीस्थित लोवर गोक बस्ती ठूलो ढुंगाले थिचेर वर्षीय बालक समान्था सुब्बा र प्रणित जोगीको घटनास्थलमै मृत्यु भएकोमा शोक प्रकट गर्दै तीद्वयप्रती जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले श्रद्धाञ्जली अर्पण गरेका छ। बिहीबार तीद्वय मृत शवलाई पोस्टमर्टम गर्न दार्जीलिङ ल्याएको समय जीटीए चिफ एक्ज्युकेटिभ अनित थापाले मृतकका परिवारसित भेट गरे। दिवंगत आत्माले शान्ति पाओस्।यस अवधी थापाले भने,पहाडमा धेरै ठाउँहरूमा सडक बनाउन खन्ने काम भइरहेको छ।सडल कस्ले खन्दै थियो? बाटो तथा सडक बनाउनु राम्रो हो, तर यो मौसममा खनेर अधुरो काम छोड्दा अप्रिय घटनाहरू पनि भइरहेका छन्। हामी यस्ता कार्यहरूको लागि नीति बनाउने सोचमा छौं।गोकबाट हिमाल दर्पण संवाददाताले जानकारी दिए अनुसा, दार्जीलिङ-पुलबजार खण्ड अधिनस्त गोक-1 ग्रामको लोवर गोकमा बुधबार लगभग चार बजीतिर दुई जनाको दु:खद निधन भएको खबर प्रकाशमा आएको छ। घटनाअनुसार लोवर गोक जामुने नजिकैको जगलमा खाने पानी बनाएर फर्किने क्रममा अचानक माथीबाट ढुंगा खसेपछि उक्त दु:खद घटना घटेको बताइएको छ भने ढुंगाले चेप्टिएर लगभग तीस बर्षीय प्रनिल योगीको घटनास्थलमै ज्यान गएको तथा ढुंगाले लागी गम्भीर रूपमा घाइते बनेकी स्थानीय बुद्दीराज सुब्बाको लगभग 6 वर्षीय छोरी सामन्त सुब्बाको अस्पताल लैजाने क्रममा निधन भएको परिवार सुत्रले जनाएको छ। प्रनिल योगी खरसाङ निवासी रहेको तथा पेशाले जेसीभी गाडीको ड्राइभर रहेको थाहा लागेको छ भने प्रनिल सामन्तको फुपूको छोरा रहेको समेत बताइएको छ। यसका साथै प्रशासनले स्थलगत भ्रमण गर्दै आवस्यक कार्वाही शुरु गरिसकेको तथा मृतदेहलाई पोस्टमार्टमको निम्ति दार्जीलिङ जिल्ला अस्पताल पठाईएको प्रशासनले बताएको छ।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न