दार्जीलिङ बचाउ अभियान

Share this news

सोनादा, (निसं): दार्जीलिङ-सिलगढ़ीगामी राष्ट्रिय राजमार्ग 110 परिसरमा फ्याँकिने अनियन्त्रित फोहोर-मैलाले समस्त दार्जीलिङ पहाड़को गरिमा धुमुलिएको राजाहट्टा एक्सप्लोर ग्रुपको भनाइ छ। राजाहट्टा खासमल बस्ती दार्जीलिङ पहाड़कै पहिलो जिरो वेस्ट भिलेजको रुपमा परिचित छ। यद्यपि गाउँ फोहोरशून्य भए तापनि दार्जीलिङ-सिलगढ़ीगामी राजमार्ग तथा रेलमार्ग परिसर फोहोरैफोहोर भएर दिनदिनै प्रदूषित बन्दै गइरहेको अवस्था छ। तथापि गाउँठाउँ, संघसंस्थाहरुको पहलले मात्रै दार्जीलिङ स्वच्छ पर्यावरणमैत्री बन्न नसक्ने महसुस गर्दै पहाड़का क्षेत्रीय र उच्च प्रशासनबाट पनि अबोप्रान्त कड़ा कानुनी कार्वाही लागू गरिनुपर्ने एक्सप्लोर ग्रुपको माग छ। राजाहट्टा एक्सप्लोर ग्रुपका महासचिव प्रताप राई अनुसार राजाहट्टा बस्तीले गाउँ स्वच्छताको पूर्ण प्रक्रिया र निरन्तरताको कारण अनाधिकृत रपमा भए तापनि जिरो वेस्ट भिलेजको टयाग पाएको छ। तर गाउँ पस्ने मूलद्वारअघि राष्ट्रिय राजमार्ग परिसरमा जताततै फोहोर फ्याँकिने गरेका जिरो वेस्टको ट्यागमाथि सन्देह खड़ा हुने सम्भावना देखेर नै अभियान शुरु गरिएको हो। आठमाइल बजारलाई केन्द्र गरि आरम्भ गरिएको अभियानद्वारा समस्त दार्जीलिङ पहाड़लाई आफ्नो गाउँठाउँ स्वच्छ पर्यावरणमैत्री बनाउने सन्देश दिनु चाहेको उनको भनाइ छ। ग्रामीण पर्यटनको आवधारणासँगै सामाजिक कार्य गर्ने उद्देश्य लिएर नवगठित संस्था राजाहट्टा एक्सप्लोर ग्रुपद्वारा आठ माइल बजार परिसर सफाई अभियान गरियो। कार्यक्रममा अतिथिका रुपमा गोराबारी-मार्गरेटसहोप ग्राम पञ्चायतका प्रधान पेम्बा तामाङ अनि अप्पर सोनादा ग्राम पञ्चायतका प्रधान दावा तामाङ उपस्थित थिए। कार्यक्रममा विशेषगरी राजाहट्टा आठ माइलका ससाना विद्यार्थीहरुलाई फोहोर व्यवस्थापनबारे व्यवहारिक ज्ञान पनि दिइयो। प्रायः एक घण्टा फोहोर संकलन अनि दुई घण्टा सेग्रीगेसनको समयावधि तय गरिएको कार्यक्रममा अतिथि प्रधानद्वय लगायत पञ्चायत सदस्यहरुले पनि सहभागीहरुसँगै फोहोर संकलनसँगै सेग्रीगेसनमा भाग लिए। यसै अवसरमा यो विशेष अभियानलाई एकदिने कार्यक्रममै सिमित नराखेर यस क्षेत्रमा अनियन्त्रित लापरबाहीका साथ जताभावी फोहोर फाल्नेहरुमाथि उचित कार्वाही गरियोस्‌‍ भनी एक्सप्लोर ग्रुपले गोराबारी-मार्गरेटसहोप ग्राम पञ्चायतका प्रधान पेम्बा तामाङलाई ज्ञापन पनि बुझायो। यस अवसरमा प्रधानद्वयले अब ग्राम पञ्चायत अधीन क्षेत्रलाई सफा-स्वच्छ पर्यावरणमैत्री बनाउने अठोट राखेर विभागीय तौरबाट कडा कार्वाही गर्ने आश्वासन दिए। कार्यक्रममा आठ माइलस्थित टिडी ग्रीन माइल, गोराबारी उप स्वास्थ्य केन्द्र, भागोप्रमो सोनाद-पचेङ समष्टि, युवा शक्ति लगायत राजाहट्टावासीले पनि सहयोग पुराएका थिए भने रेडियो पार्टनरका रुपमा रेडियो सलेसियन 90.8 एफएम रहेका थिए। बिहानैदेखिको दर्किने झरीबीच पनि सबैको सहयोगले कार्यक्रम सफल भएको बताउँदै सहयोगीहरुप्रति कृतज्ञता प्रकट गर्दै एक्सप्लोर ग्रुपका अध्यक्ष विशाल राईले आज संकलित फोहोरलाई पूर्णरूपमा सेग्रीगेसन गरिसकेको तथा यसलाई सुखा बनाएर टिडी ग्रीन माइललाई रिसाइकलको लागिजम्मा लगाउने भएको थप जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
Constitution of India in Nepali: First and Chief Translator Shri Kuber Chandra Dahal

नेपाली भाषामा भारतको संविधान : प्रथम अनि प्रधान अनुवादक श्री कुबेरचन्द्र दाहाल

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

Venezuelan opposition leader María Corina Machado

मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

आजको रोजाइ