जीर्ण र चिप्लो बाटोको कारण झल्न पर्दैछ समस्या

Share this news

खरसाङ, 21 जुलाई (निस): खरसाङ नगरपाकिला अन्तर्गत वार्ड नम्बर 5 अनि वार्ड नम्बर 8 को सिमाना क्षेत्रमा रहेको बाटो अति जीर्ण बनेको छ। यो बाटो दबिएकोले ढिल तर्फ ढल्किएको अवस्थामा रहेको छ। बर्खाको समयमा बाटोमा लेउ लागेकोले बाटोमा हिँड़नलाई अझ बढ़ी जोखिमपूर्ण बनेको छ़। स्थानीय मानिसहरूले बताए अनुसार यो बाटो भएर विद्यार्थीहरू विद्यालय जाने गर्छन्‌‍, गाउँका साधरण मानिस, वृद्ध-वृद्धाहरू हिँड़ने गर्छन्‌‍। बाटो दबिएर खाल्डा बनेको अवस्थामा रहेको र त्यही माथि बर्खाको समयमा लेउ लागेकोले निकै जोखिम बनेको छ। स्थानीय वीरेन्द्र शर्माले भने, यो बाटो भएर साधरण मानिसहरू, विद्यालय जाने स-साना विद्यार्थीहरू हिँड़छन्‌‍। यो बाटोको अवस्था धेरै समयदेखि यस्तै छ, अहिलेसम्म मरमति गरिएको छैन। बर्खाको समयमा बाटोमा लेउ लाग्छ, लेउमा चिप्लिएर मानिसहरू लड़छन्‌‍, ब्लिचिङ पाउडर छर्कन पर्ने हो तर अहिलेसम्म यहाँ ब्लचिङ छर्किने कार्य भएको छैन। यहाँ मानिसहरू लड़िसकेका छन्‌‍, कसैलाई गम्भीर चोट नलागे तापनि भविष्यमा गम्भीर चोट नलाग्ला भन्न सकिन्दैन। स्थानीय मानिसहरूले यो दबिएको बाटो ठूलो वर्षाको समयमा झरेको खण्डमा छेउ-छाउका घरहरूलाई पनि जोखिम हुन सक्ने बताए। मानिसहरूले यो दबिएको बाटोको मरमति यसको धरातलबाट बलियो देवाल लगाएर गर्न आवश्यक रहेको बताउदै यसमा नगरपालिकाले ध्यान दिन आवश्यक रहेको पनि बताए। स्थानीय एक व्यक्तिले बाटोको अवस्थाको बारेमा नगरपालिकालाई जनाइएको पनि बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न