खरसाङ क्षेत्रका चियाबारीहरुमा गेट मिटिङ गर्दै अनित थापालाई धन्यवाद प्रकट

Share this news

खरसाङ, (निसं): यसपाली चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनसको लागि राज्यको श्रम मन्त्रालयले एडभाइजरी जारी गरेकोमा खरसाङ क्षेत्रका विभिन्न चियाबारीहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले सभा गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। यस क्रममा खरसाङ्को गिद्ध पहाड़ चियाबारी, मन्टिभियट चियाबारी लगायत विभिन्न चियाबारीहरुमा गेट मिटिङ गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी गराएका छन्‌‍। उनले श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाले राम्रो कार्य गर्दै यसपाली बीस प्रतिशत बोनसको लागि सठीक पहल गरिदिएकोमा सम्पूर्ण श्रमिकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ भनी बताएका छन्‌‍। उनले बताए अनुसार खरसाङ महकुमा क्षेत्रमा रहेका विभिन्न चियाबारीहरुमा बीस प्रतिशत बोनसको मांगलाई पूरा गरिदिएकोमा गेट मिटिङ गर्दै अनित थापालाई धन्यवाद दिइएको जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न