गोजमुमोद्वारा रम्माम हाईडल प्रोजेक्ट अधिकारीहरूसँग भेट 

Share this news

रिम्बिक24 जुलाई(निसं): गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) रिम्बिक-लोधोमा समष्टिको एक प्रतिनिधि टोलीले समष्टिभरिका विविध समस्याहरूलाई लिएर मंगलबार रम्माम हाईडल प्रोजेक्टका प्रसाशनिक अधिकारीहरूसंग भेट गऱ्यो। उक्त भेटअवधि मुख्य रूपमा रिम्बिक ग्राम पञ्चायतस्थित तुवुनको पैह्रोसँगै कम्पनी अधिनस्थ पर्ने समष्टिका विभिन्न बाटोहरूको अवस्थाबारे अवगत गराईयो। बर्खाको मौसममा पुनः पैह्रो थपिएर यातायातमा समस्या भइरहेकोले प्रोजेक्ट अधिनस्थ बाटो मरम्मतिका कामहरू समयमै सुरू गरेर समाप्त गर्नु पर्ने विषयमाथि प्रोजेक्टका अधिकारीहरूको ध्यानाकर्षण गराइयो। यसका साथमा विगतमा झै प्रोजेक्टले सि एस आर योजनाबाट काम गर्नुपर्ने तथा यसको निम्ति क्षेत्रीय सभासद अनि ग्रामपंचायत जन प्रतिनिधिहरुले प्रोजेक्ट कहाँ दबाब दिएर काम गर्नु जिम्मेवारी बन्ने भए पनि सभासद स्वंय ठेकदार संगठनको सभापति  भएर जनप्रतिनिधि रुपमा हलुङ्गो भई प्रस्तुत हुनु वास्तवमा जन प्रतिनिधित्वको विपरीत भएको प्रतिनिधि टोलीको पक्षमा नरेन्द्र काम्बाङले बताए।
प्रतिनिधि टोलीमा गोजमुमो केन्द्रिय समिति सदस्य नरेन्द्र काम्बाङ, समष्टि प्रतिनिधि भक्त खडका ,ललित चन्द प्रधान,दिनेस छेत्री,बिनोद भट्टराई अनि उदयमणि प्रधानसहित मोठ 6 सदस्यहरु सामेल थिए।

Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान