गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

Share this news

सोनादा , (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा निम्न सोनादा कमिटी र सोनादा टाउन कमिटीको संयुक्त आयोजनामा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। पार्टीको सांगठनिक मजबूती र आगामी कार्यदिशाका विषयमा केन्द्रित उक्त सभामा दुवै कमिटीका प्रतिनिधिहरू तथा भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङ्का अनुसार, यो सभा गोरामुमोको सांगठनिक ढाँचा अझ सशक्त बनाउने र जनस्तरमा पार्टीको पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। उनले बताएअनुसार विभिन्न सांगठनिक रणनीति, कार्यविभाजन, र स्थानीयस्तरमा जनसम्पर्क अभिवृद्धि गर्ने विषयमा पनि गहन छलफल गरिएको थियो। सभाले एकताको सन्देश प्रदान गर्नुका साथै पार्टीको सांगठनिक संरचना झन सुदृढ बनाउने दिशामा सकारात्मक ऊर्जा थपेको सहभागीहरू बताउँछन्‌‍।ङ्गयस किसिमका समन्वययुक्त भेलाहरूले गोरामुमोको सांगठनिक पक्षलाई जनस्तरमा अझ नजिक पुऱ्याउने विश्वास लिइएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न