खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

Share this news

खरसाङ, 14 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएसन अनि युवा एवं खेल मामिला विभाग जीटीएको संयुक्त तत्वावधानमा आयोजित खरसाङ सुपर लीग फुटबल टुर्नामेन्टको नवौँ दिनको खेल सम्पन्न भयो। खरसाङ शहरदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको सोमवार सम्पन्न नवौँ दिनको खेल मकैबारी युनाइटेड अऩि खरसाङ भेटरेनमाझ सम्पन्न भयो। यस खेलमा मकैबारी युनाइटेड एफसीका युवा खेलाड़ीहरूले खरसाङ भेटरेनका खेलाड़ीहरूलाई कुनै मौका दिएनन्। खरसाङ भेटरेनका खेलाड़ीहरूले खेलको अवधिमा धेरै प्रयास गरे तापनि मकैबारी युनाइटेडका खेलाड़ीहरूलाई तिनीहरूको प्रयासलाई विफल तुल्याइदिए। यस खेलमा मकैबारी युनाइटेडका खेलाड़ीहरूले 3 गोल गरे भने खरसाङ भेटरेनका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्। यस प्रकार नवौँ दिनमा सम्पन्न भएको च्याम्पियन डिविजन अन्तर्गतको यो लीग म्याच मकैबारी युनाइटेडले शुन्यको विरुद्ध 3 गोलले जितेको छ। यस खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू नितेश देवान, अरविन्द छेत्री, सुरेश ओरानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि प्रतीक गुरुङ रहेका थिए।

 


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान