सर्वोदय सङ्घद्वार सफाई कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 15 जुलाई (निसं): खरसाङ नगरपालिकाको वार्ड नम्बर 7 मा रहेको सर्वोदय सङ्घका सदस्यहरूले आदि कवि भानुभक्तको जन्म जयन्तीको पावन अवसर पारेर आफ्नो गाउँ-घरको सफाई गरेका छन्‌‍। यस सफाई कार्यक्रममा बाटोमा पलाएको झार-पात सफा गर्ने, नाली सफा गर्ने कार्य सम्पन्न गरिएको छ। सफाईपछि आफ्नो सङ्घको निजी कोषबाट क्षेत्रको बाटोमा ब्लिचिङ पाउडर छर्कने कार्य पनि गरियो। विभागमा मात्र भर परेर हुँदैन, आफ्नो गाउँ-घर आफै सफा र स्वच्छ राख्न सक्नुपर्छ भन्ने सन्देश दिँदै उक्त सफाई कार्यक्रम सम्पन्न गरिएको हो भनी बताइएको छ। यस कार्यक्रममा सर्वोदय सङ्घका पदअधिकारीगण अनि सदस्यगणहरूको सहभागिता रहेको थियो। सफाई कार्यक्रम सम्पन्न गरेकोमा सर्वोदय सङ्धका पदाधिकारी अनि सबै सदस्यहरूलाई क्षेत्रीय सभासद्‌‍ श्याम शेर्पाले धन्यवाद दिएका छन्‌‍। प्राप्त जानकारी अनुसार वार्ड नम्बर 7 को लोवर शेर्पा बस्तीमा रहेको सर्वोदय सङ्घले विगत धेरै वर्षदेखि समाजिक कार्य गर्दै आइरहेको छ भने प्रत्येक वर्ष फूलपाती शोभा यात्रा अनि पहिलो वैशाख सांस्कृतिक शोभा यात्रा जस्ता कार्यक्रममा पनि यसले सहभागिता जनाउदै आइरहेको छ । आउँदो दिनहरूमा पनि सर्वोदय सङ्घबाट हामी यस्तै असल कार्यको आपेक्षा राख्दछौँ भनी सभासद्‌‍ श्याम शेर्पाले बताएका छन्‌‍। सफाई कार्यक्रमको बारेमा थप जानकारी गराउदै सङ्घका महासचिव उमेश खातीले सङ्घले आयोजना गरेको सफाई कार्यक्रममा सहभागिता जनाएकोमा सम्पूर्ण सदस्य अनि सभासद्‌‍ श्याम शेर्पालाई धन्यवाद दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न