खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न

Share this news

खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोड़ी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य एवं प्रमुख सल्लाहकार रामु राउतको अध्यक्षता र मूल सचिव वीरबल पाख्रीनको सञ्चालनमा सम्पन्न यस प्रतियोगितामा एकल खेलाड़ीहरू आठजना अनि जोड़ी खेलाड़ीहरू जम्मा चार टिम थिए। खेल शुरू हुनभन्दा अघि भर्खरै मात्र दिवंगत भएका स्वर्गीय रेणुका गुरुङ्को सम्झनामा छिमी बालेर समाजको गीतको धुन बजाएर चिर आत्मा शान्तिको निम्ति मौन धारण गरियो। रामु राउत र नारायण राईको बाहुलीबाट क्याराम प्रतियोगिता आरम्भ गरिएको थियो। यस क्याराम प्रतियोगितालाई खरसाङ महकुमा खेलकूद संघका आमन्त्रित निर्णायक विकास तामाङ र रमोद गुरुङ रहेका थिए। एकल प्रतियोगितामा पवन रसाईली, वीरबल पाख्रीन, सुजय गुरुङ, अनुप प्रधान, जनबस्को राई, प्रभाकर लामा, विरेन गिरी र अमिर भुषाल थिए भने जोड़ी प्रतियोगिमा वीरबल पाख्रीन र जनबस्को राई, लक्ष्मण छेत्री र सत्यम छेत्री, अमिर भुषाल र बिरेन गिरी अनि सुजय गुरुङ र अनुप प्रधान रहेका थिए। एकल खेलको पहिलो विजेता वीरबल पाख्रीन अनि दोस्रो विजेता सुजय गुरुङ र जोड़ी खेलको पहिलो विजेता अमिर भुषाल र विरेन गिरी अनि दोस्रो विजेता सुजय गुरुङ र अनुप प्रधान भएका थिए। सम्पूर्ण खेलाड़ीहरू लगायत पहिलो अनि दोस्रो हुने खेलाड़ीहरूलाई नगद राशि पारितोषिकको रुपमा वितरण गरियो। दुवै निर्णयाक रामु राउत र बिपेन्द्र राईलाई समाजको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो। यस खेलमा सह कोषाध्यक्षद्वय निम लमु शेर्पा र भिमु तामङ, कार्यकारिणी सदस्यहरू र अन्य समाजको सदस्यहरू उपस्थित थिए। समाजको युवावर्गले यस क्याराम प्रतियोगिता विषय समाजलाई प्रस्ताव राखेको कारण उनीहरूको सकारात्मक सोच अनि पहलको कदर गर्दै युवावर्गलाई कुलत साथै विभिन्न सामाजिक क्रिया कलापमा संलग्न गराएर समाजको मूलधारामा ल्याउनु रहेको जानकारी समाजको मूल सचिव वीरबल पाख्रीनले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न