खरसाङ नगरपालिकालाई रामकृष्ण शर्माको सुझाउ

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रन्टका खरसाङका प्रवक्ता रामकृष्ण शर्माले एउटा भिडियो जारी गर्दै मिडिया मार्फत् खरसाङ नगरपालिकालाई सुझाउ दिएका छन्। शर्माले धेरै अघिदेखि खरसाङवासीले भोग्दै गरेका विभिन्न समस्यालाई समाधान गर्ने खरसाङ नगरपालिकासित अनुरोध गरेका छन्। नगरपालिका क्षेत्रमा विगत धेरै महिनादेखि स्ट्रीट लाईट नबलेकोले रातिको समयमा धेरै समस्या मानिसहरूले भोगिरहेका छन्। रातिको समयमा स्ट्रीट लाईट नबलेकोले साथै घनघोर अँध्यारोको लाभ उठाएर आपराधिक घटनाहरू घट्न सक्ने सम्भावनालाई तिनले उठाएका छन्। स्ट्रीट लाईट नबलेकोले रहेकोले स्थानीय मानिसहरूले भोग्न परिरहेको समस्यालाई शर्माले उठाएका छन्। शर्माले भनेका छन्, खरसाङ नगरपालिकाले अहिलेसम्म शहरमा रहेका स्ट्रीट लाईटहरूमा नयाँ बल्ब लगाउन सकेको छैन्। केवल नयाँ बल्ब लगाउन मात्र होइन, खरसाङ मोटर स्ट्याण्डमा धेरै समयदेखि बन्द अवस्थामा रहेको क्लक टावरको घड़ी र त्यहाँको एलसीडी स्क्रीन सुचारु गर्न नगरपालिकाले सकेको छैन् । खरसाङ नगरपालिकालाई हामी सुझाउको साथै अनुरोध गर्न चाहन्छौँ कि नगरपालिकाले केवल एउटा पत्र लेखेर इण्डियन गोर्खा जनशक्ति फ्रन्टलाई स्ट्रीट लाईटको बल्ब फेर्नको निम्ति अनुमति दिओस् । हामी खरसाङ शहरको स्ट्रीट लाईटमा नयाँ बल्ब लगाउनेछौँ। यदि नगरपालिकाबाट अनुमति पाए भने मोटर स्ट्याण्डमा रहेको क्लक टावरको घड़ी साथै स्क्रीनलाई पनि हामी पुन: सञ्चालन गर्नेछा शर्माले खरसाङ नगरपालिकालाई कटाक्ष गर्दै नगरवासीहरूको हितमा यस्ता सा-साना समस्याहरूको समाधान वर्तमान नगरपालिका प्रशासनिक बोर्डले गर्न नसकेको आरोप लगाएका छन्। तिनले कुर्सीको सम्मान राखेर भएपनि जनहितमा कार्य गरिदिने अपिल नगरपालिका समक्ष गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न