किड्नी रोगी अनिकेत सुब्बाको निम्ति दार्जीलिङ माटोको मायाद्वारा सांगीतिक कार्यक्रम

Share this news

खरसाङ, 22 जुलाई (निसं)ः धजिया चियाबारी नौ नम्बरका किड्नी रोगी अनिकेत सुब्बाको किड्नी प्रत्यारोपण गर्नको निम्ति दार्जीलिङ माटोको मायाँ सेवा संस्थाको मिरिक शाखाका प्रमुख संयोजक मनिन्द्र सुब्बा गोर्खा, प्रमुख सदस्य विशाल राई, रघु लोहार, सहयोगी किशोर राज सुब्बा अनि विशाल थापाको सक्रियतामा सहयोग राशि सङ्कलनको कार्य भइरहेको छ। सोमवार दुधेको बाङ्गे बजारस्थित खोकोन दोकानको प्रांगणमा धजिया चियाबारी नौ नम्बरका सर्जक एवं सामाजिक युवावर्ग साथै नवोदित गायक-गायिकाहरूले सड़क सांगीतिक कार्यक्रममा गीतहरू प्रस्तुत गरेर आर्थिक सहयोगको प्राप्त गर्नको निम्ति अभियान चलाए। उक्त आर्थिक सहयोग संकलन अभियानमा दुधेका एक असल सामाजिक अभियन्ता अनुप गदालको पनि उपस्थिति रहेको थियो। पीड़ितलाई सहयोग पुऱ्याउनको निम्ति बिहानदेखि साँझसम्म कलाकारहरूले नेपाली, हिन्दी गीतहरू गाएर सहयोगी एवं दाताहरूको मन जित्ने प्रयास गरेका थिए। आर्थिक सहयोग संगलन अभियानको बारेमा बताउदै मनिन्द्र सुब्बाले भने, मान्छेको कुनै पनि टुंगो हुँदैन, भोलीको दिनमा कसलाई के हुन्छ, कसैलाई पनि थाहा हुँदैन। मानवको जीवन पाउँनु नै असल कर्म गर्नु हा। आज हामीले मानव भएर मानवता निभाउदै असल कर्म गरेका हौँ। यस अभियानमा जति पनि महानुभावहरुले किड्नी रोगी अनिकेत सुब्बालाई आर्थिक सहयोग पिऱ्याए, तिनीहरूलाई धन्यवाद दिन्छौँ। यो अभियान सफल तुल्याउनको निम्ति गाड़ी धुरा थाना, दुधिया टाइम्स्‌‍, धनवीर ज्ञाबक, खोकन परिवारद्वारा सहयोगी प्राप्त गरेका छौँ, उनीहरूप्रति कृतज्ञता प्रकट गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राख्छौँ। सुब्बाले आफ्नै दाजु-भाई अथवा छोरा सम्झेर किड्नी रोगी अनिकेत सुब्बालाई आर्थिक सहयोग प्रदान गरिदिने निवेदन पनि गरे।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री