कंगोको राजधानीमा भीषण वर्षापछि बाढी, कम्तीमा ३३ जनाको मृत्यु

Share this news

काठमाडौँ — कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आत्मरक्षाको प्रयासमा स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ प्रस्थान गरिरहेका छन् ।

भीषण वर्षा र बाढीका कारण किन्सासामा कम्तीमा ३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । पश्चिमी किन्सासामा धेरै घर शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षापछिको बाढीले बगाएको छ ।

कंगो नदीको किनारमा अवस्थित किन्सासा सहरमा १ करोड ७० लाख मानिस बसोबास गर्छन् । यो नदी विश्वकै ठूला नदीहरूमध्ये एक हो जुन देशैभरि फैलिएको छ । कंगो नदीमा बाढी आउनु सामान्य कुरा भए पनि जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा बाढी झनै बढी र खतरनाक बन्दै गएको राष्ट्रपति फिलिक्स सिसेकेडी स्वयंले चेतावनी दिइसकेका छन् ।

राजधानीका २६ वटा जिल्लाहरू बाढीबाट प्रभावित भएका छन् । सबैभन्दा बढी असर गरिब बस्तीहरू र सहरको बाहिरी भागमा परेको छ । एक स्थानीयका अनुसार पानी डेढ मिटरसम्म पुगेको छ ।

‘हामी ज्यान जोगाएर निस्किएका छौँ, तर घरभित्र धेरै कुरा फसेका छन्,’ स्थानीयलाई उद्दृत गर्दै एएफपी समाचार संस्थामा उल्लेख गरिएको छ । सरकारले ढिलो प्रतिक्रिया दिएको र पर्याप्त सहयोग उपलब्ध नगराएको थुप्रै स्थानीयको आरोप छ । उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।


Share this news
आजको रोजाइ
जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

घलेगाउँ विशाल राईको घरमा आगलागी 

घलेगाउँ विशाल राईको घरमा आगलागी 

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने