ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

Share this news

खरसाङ, (निसं): खरसाङ्को अस्पताल मोड़मा एउटा ट्राफिक बुथ बसाउन पर्ने आवश्यकता देखिएको छ। यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ हुन आवश्यक रहेको धेरै मानिसहरूको मत पनि छ। यस स्थानबाट वन्‌‍-वेको नियम अनुसार यान-वाहन वर्द्धवान रोड भएर सिलगढ़ी तर्फ पठाइन्छ। वर्तमानमा धेरै वाहान, मोटर बाईक, स्कुटीहरू सिलगढ़ी, संलग्न क्षेत्र अनि बाहिरबाट आउने गरेका छन्‌‍। नियमित पहाड़ नआउने यस्ता कतिपय गाड़ी, मोटर बाईक, स्कुटीहरू वन्‌‍-वेको नियम अनुसार वर्द्धवान रोड तर्फ नगएर राष्ट्रिय राजमार्ग तर्फ जाने गरेको पाइएको छ। यसरी वन्‌‍-वेको नियम अनुसार वर्द्धवान रोड तर्फ नगएर राष्ट्रिय राजमार्ग तर्फ गएपछि ड्युटीमा रहेका ट्राफिक पुलिस अथवा अन्य मानिसहरूले राजमार्ग तर्फ लागेका ती गाड़ी, मोटर बाईक, स्कुटीहरूलाई कराउदै गरेको देखिएको छ। राति ड्युटी सकिएर यस स्थानबाट ट्राफिक पुलिसहरू गएपछि यस्ता घटनाहरू लगभग नियमित हुने गरेको मानिसहरूले बताएका छन्‌‍। यस स्थानमा ड्युटीमा खटिएका ट्राफिक पुलिस, सिभिक पुलिस भारी वर्षाको अवधिमा ओत लागेर बसेको अवस्थामा, दिनभरी उभिएर ड्युटी गर्दा थाकेर कुनै स्थानमा बसेको अवधिमा यसरी दार्जीलिङ तर्फबाट आएका कतिपय चालकहरू अज्ञानताको कारण वन्‌‍-वे नगरएर राष्ट्रिय राजमार्ग भएर बजार पस्ने गरेको मानिसहरूले बताएका छन्‌‍। यसैले यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ बसाइएको खण्डमा दिनभरी उभिएर ड्युटी गरिरहेका पुलिसहरूलाई केही समय विश्राम गर्नलाई स्थान मिल्ने अनि यस स्थानमा अधिक रातिसम्म ड्युटीमा ट्राफिक पुलिस खटाइन सकिने मानिसहरूको मत छ। कतिपय मानिसहरूले यस स्थानमा रहेको फोहोर-मैलादानी हटाइएको छ। फोहोर-मैलादानी हटाइएको स्थान वर्तमानमा खाली रहेको छ, यसै स्थानमा ट्राफिक पुलिस बुथ निर्माण गर्न सकिने र यहाँ बुध निर्माण गरिएको खण्डमा ट्राफिक पुलिस, चालकवर्ग, दुईचक्के सवार, साधरण मानिस सबैको निम्ति असल रहने सुझाउ दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान