हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै होः दीक्षा तामाङ

Share this news

खरसाङ, (निसं): हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै हो भनी भाजपा खरसाङ मण्डल समिति सभापति साथै पञ्चायत समिति सदस्या दीक्षा तामाङले बताएकी छन्‌‍। तिनले एक विज्ञप्ति जारी गरेर यस्तो अभियोग लगाएकी छन्‌‍। तिनले भनेकी छन्‌‍, बंगालमा विधानसभा चुनाउ आगामी वर्ष हुँदैछ। बंगालकी मुख्यमन्त्री आफ्नो पद जोगाउन मरिहत्ते गर्दैछिन्‌‍। यसको लागि जे जे गर्नु मन लाग्यो, सबै गर्न चाहँदैछन्‌‍। अहिले “हाम्रो टोल, हाम्रो समाधान“ नामको कार्यक्रम गाउँ-गाउँमा बुथ-बुथमा गर्ने र प्रत्येक बुथमा विकासको लागि दश लाख रुपियाँ दिने घोषणा गरिएको छ। यो सबै ममता ब्यानर्जीको जनता लट्याउने चुनावी उपक्रम मात्रै हो, कुनै योजना होइन। तामाङले यो योजनाको लागि मात्रै व्यय भार कम्तिमा 93 करोड़ 50 लाख रुपियाँ लाग्छ भन्दै दार्जीलिङ पहाड़मा अहिले मोठ 935 वटा बुथहरू छन्‌‍। यो बंगाल सरकारको निम्ति असम्भव विषय हो। यसैले यो कार्यक्रम सरकारको ढाँट कार्यक्रम हो भनी तिनले जनाएकी छन्‌‍। तिनले योभन्दा अघि बंगाल सरकारले ग्राम पञ्चायतहरू मार्फत द्वारे सरकार कार्यक्रम घरि घरि गरेर, ग्रामीण जनताको लागि नानाथरीका सहुलियतहरू प्रदान गर्ने, लोभ देखाउँने कार्य गर्दै अनगिन्ती फर्महरु भर्नु लगाएको जनाउँदै तर यसमा जनताले केही फायदा नपाएको तथा वृद्ध भत्ता समेत धेरै पहाड़वासीले पाउन नसकेका अवगत गराएकी छन्‌‍। कतिजनाले वृद्धभत्ताको आशा गर्दागर्दै मृत्यु भइसकेको बताउँदै तामाङले कतिजना गरीबको घर नभएको बताएकी छन्‌‍। तिनले प्रश्न गर्दै द्वारे सरकारले संग्रह गरेको आवेदन फर्महरु कहाँ छन्‌‍? भन्दै अहिले हाम्रो टोल हाम्रो समाधान भनी गाउँ ठाउँमा जनताको घुइँचो बनाएर निलो र सेतो ब्लुमको प्रचार प्रसार गर्नु मात्रै यसको मूल उद्देश्य हो भनी थप आरोप लगाएकी छन्‌‍। तामाङले पहाड़का जनता सचेत हुनुपर्छ भन्दै यदि तृणमूलले नै यसपाली पनि सरकार गठन गरेको खण्डमा दार्जीलिङ पहाड़ले अझै पीड़ित हुनुपर्छ भनी सचेत गराएकी छन्‌‍।


Share this news
आजको रोजाइ
Constitution of India in Nepali: First and Chief Translator Shri Kuber Chandra Dahal

नेपाली भाषामा भारतको संविधान : प्रथम अनि प्रधान अनुवादक श्री कुबेरचन्द्र दाहाल

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

Venezuelan opposition leader María Corina Machado

मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

आजको रोजाइ