सिलगढ़ीमा गोर्खा विद्यार्थीहरुमाथि भएको घटनाको भाजपा महिला मोर्चाको भत्सर्ना

Share this news

खरसाङ, (निसं): सिलगढीको हाकिमपाड़ामा डुवर्सका गोर्खा विद्यार्थीहरुमाथि भएको घटना र अपशब्द प्रयोगबारे भारतीय जनता पार्टी महिला मोर्चाकी दार्जीलिङ जिल्ला समिति उपसभापति रोमा छेत्रीले पार्टी अनि संगठनको पक्षबाट घोर आपत्ति साथै भत्सर्ना जनाएकी छन्‌‍। तिनले ती महिलाहरूले विद्यार्थीहरूलाई विदेशीको लाञ्छना समेत लगाएको बताउँदै यसको कठोर भाषामा निन्दा प्रकट गर्दछु भनेकी छन्‌‍। यसले प्रमाण गर्छ, गोर्खाहरुमाथि हेरिने दृष्टिकोण अहिले पनि परिवर्तन भएको छैन। यसको मूल कारण राज्य सरकारको प्रशासनिक कमजोरी, असफलता र उदासीनता हो भनी छेत्रीले जनाएकी छन्‌‍। छेत्रीले भनेकी छन्‌‍, हामी साम्प्रदायिक सम्प्रीतिमा विश्वास गर्छौँ तर हामीलाई लगाएको विदेशीको लाञ्छना हामी मात्रै होइन कुनै सभ्य समाजले सहन गर्नु सक्तैन। देश रक्षा गर्ने प्रथम सेवक गोर्खा जातिमाथि सरकारको सकारात्मक दृष्टिकोण नभएको कारणले नै काँड़े तारबाट छिरेका विदेशीहरुले हामीलाई विदेशीको लाञ्छना लगाइरहेका छन्‌‍। देशको निम्ति मर्नेहरुले उल्टै विदेशी भनी लाञ्छना सहनु परिरहेका छन्‌‍। सरकार किन मौन छ? कार्यवाही किन हुँदैन? पीड़ितहरुले एफआइआर गरिसकेका छन्‌‍। बंगाल पुलिसले उचित कार्यवाही गरून्‌‍। हामी विदेशी होइनौँ हाम्रो इतिहास हाम्रो प्रमाण हो। घरिघरि हाम्रो भारतीय पहिचानमाथि शंकास्पद बयान गर्ने अधिकार कसैलाई छैन। जजसले हामीलाई बाहिरका भन्छन्‌‍ वास्तवमा उनीहरु नै बाहिरका हुन्‌‍ औ भोटको लागि राज्य सरकारले संरक्षण र मद्दत दिएर राखेका छन्‌‍। यो अविलम्ब बन्द हुनुपर्छ।


Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

आजको रोजाइ