साउदीले लगायो भारतसहित १४ देशका नागरिकको भिसा प्रतिबन्ध

Share this news

रियाद — साउदी अरबले भारत, पाकिस्तानसहित १४ देशका नागरिकहरुलाई भिसा प्रतिबन्ध लगाएको छ ।

आगामी हज यात्रालाई लक्षित गर्दै भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्नका लागि यी देशका नागरिकहरुलाई उमरा, व्यापारिक तथा पारिवारिक भ्रमणका लागि भिसा प्रदान गर्न अस्थायी रुपमा रोक लगाएको हो ।

भिसा प्रतिबन्धको सूचीमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्टलगायतका मुलुकहरू परेका छन् । समाचार अनुसार यो प्रतिबन्ध २०२५ को हज यात्रा सकिएर जुन महिनाको मध्यसम्म कायम रहनेछ ।

प्रतिबन्धित १४ देशहरूमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरोक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन रहेका छन्।

साउदी अधिकारीहरूका अनुसार, अप्रिल १३, २०२५ (चैत्र ३०, २०८१) सम्म मात्र उमरा भिसा प्रदान गरिनेछ । त्यसपछि नयाँ भिसा यो सूचीमा रहेका देशका नागरिकहरूलाई हज सकिएपछि मात्र जारी गरिनेछ ।

साउदी सरकारको यो निर्णय हज अवधिभरको अत्यधिक भीड व्यवस्थापन तथा सुरक्षा उपायहरूलाई ध्यानमा राखेर लिइएको बताइएको छ ।

 


Share this news
आजको रोजाइ
गोरामुमो तीनधारे सुकना समष्टिको सांगठनिक सभा सम्पन्न

गोरामुमो तीनधारे सुकना समष्टिको सांगठनिक सभा सम्पन्न

40 जना बाल-बालिकाको सहभागिता संगै दुई दिवसीय समर किड्स क्याम आरम्भ

40 जना बाल-बालिकाको सहभागिता संगै दुई दिवसीय समर किड्स क्याम आरम्भ

दक्षिण बंगालमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर भाजपाद्वारा खरसाङमा पोष्टरिङ

दक्षिण बंगालमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर भाजपाद्वारा खरसाङमा पोष्टरिङ

खरसाङ अस्पतालमा रहेको समस्या र कमी-कमजोरीहरूबा उपनिर्देशक र संयुक्त निर्देशकले लिए रिपोर्ट

खरसाङ अस्पतालमा रहेको समस्या र कमी-कमजोरीहरूबा उपनिर्देशक र संयुक्त निर्देशकले लिए रिपोर्ट

जवान उमेरमै हृदयाघात: आधुनिक जीवनशैलीले निम्त्याएको संकट

जवान उमेरमै हृदयाघात: आधुनिक जीवनशैलीले निम्त्याएको संकट

फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

अब कोही ‘क्याप्टेन कुल’ हुनै सक्दैन!

अब कोही ‘क्याप्टेन कुल’ हुनै सक्दैन!

बंगालमा राष्ट्रपति शासन लागु गर्ने भाजपाको माग

बंगालमा राष्ट्रपति शासन लागु गर्ने भाजपाको माग

खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम

खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम

घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई

घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई

आजको रोजाइ