शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

Share this news

पङ्खाबारी,18 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, पङ्खाबारी-लङ्भ्यू-अम्बटे समष्टिको एउटा सभा शुक्रवार गाड़ीधुरा सार्वजनिक भवनमा समष्टि सभापति मणिराज डुम्जनको अध्यक्षतामा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई पार्टीको केन्द्रिय समिति सदस्य एवम्‌‍ सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङ, भागोप्रमो खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, लङ्भ्यू पञ्चायत समिति सदस्य मौसम तामाङ आदिले सम्बोधन गरेका थिए। सभामा आगामी 27 जुलाई शहीद दिवस यसपल्ट पनि समष्टि स्तरमा लङ्भ्यूको शहीद वेदीमा गरिने जानकारी गराए। वक्ताहरूले शहीदहरूको त्याग र बलिदानलाई भागोप्रमोले सदैव स्मरण र सम्मान गर्ने बताउँदै आज जुन व्यवस्था प्राप्त भएको त्यसबाट पनि जनताको हितमा कार्य भइरहेको बताए। तिनीहरूले त्यस शहीद दिवसको दिन समष्टिका सबैलाई उपस्थित रहेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिदिने आग्रह गर्दै यसको निम्ति शाखाका प्रतिनिधिहरूले आफ्नो भूमिका निर्वाह गरिदिने अनुरोध गरे। वक्ताहरूले शहीदहरूको परिवार मध्ये पनि कत्तिले न्याय नपाएको उल्लेख गर्दै तर अनित थापाको नेतृत्वले अवश्य नै एकदिन सबैले उचित न्याय पाउने बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न