शब्द समयको 144 औँ प्रकरण सम्पन्न

Share this news

खरसाङ, (निसं): शब्द समयको 144 औँ प्रकरण साविता गोम्देन साहित्य कक्ष सालबारीमा सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ वरिष्ठ कवि मोहन ठकुरीको वक्तव्य र कविता पाठद्वारा गरिएको थियो। रचना पाठको क्रममा टंक शर्मा, महेशकुमार सुब्बा, गंगा प्रधान, पूर्ण मंगर, मोनिका प्रधान, डा. हेमन्त काफ्ले, डा. पदमाश्री लक्ष्मी देवान, राजा पुनियानी, निर्मल सिञ्चुरीले कविता पाठ गरेर सुनाएका थिए। लीलबहादुर सोनारले मनप्रसाद सुब्बाद्वारा लिखित एउटा कविता र केही स्वरचित हाइकु सुनाए भने नीरा सुब्बा नेचालीले एउटा कविता र केही हाइकु सुनाइन्‌‍, मणिकुमार प्रधान र सुभाष छेत्रीले लघुकथा पाठ गरे भने कृष्णप्रधान ‌‘अर्पण‌’-ले एउटा रूपक पाठ गरे। कार्यक्रममा डीएस बम्जनले वक्तव्य राखेका थिए। अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यमा नेपालबाट बर्षेनी दिइने सर्वोच्च साहित्यिक सम्मान ‌‘मदन पुरस्कार‌’-का लागि अन्तिम चरणमा पुग्ने सात कृतिहरूमा प्रख्यात कवि मनप्रसाद सुब्बाको कविता-सङ्ग्रह ‌‘पञ्चतत्त्वको पालाम‌’ र चर्चित उपन्यासकार छुदेन काविमोको उपन्यास ‌‘उरमाल‌’ परेकामा हर्ष व्यक्त गर्दै ‌‘शब्द समय‌’को पक्षबाट दुवै कृतिकारहरूलाई हार्दिक शुभेच्छा जनाए। उनले दुवै कृतिबारे चर्चा पनि राखेका थिए। सभामा नरबहादुर छेत्री र रघुनाथ शर्मा पनि उपस्थित थिए।अन्त्यमा संयोजक जीत सुनारले धन्यवाद ज्ञापन राखेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न