महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविर

Share this news

तीनधारे, (निसं): महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरिएको छ। उक्त च्याऊ खेतीको प्रशिक्षण शिविरको आयोजना शान्ति संघ घुम्ती चियाबारीको आयोजनामा सम्पन्न गरिएको छ। यस शिविरमा अध्यक्षको रूपमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री, अतिथिमा आदर्श श्रमिक कल्याण भवन सञ्चालन समितिको सभापति एसबी तामाङ उपस्थित रहेका थिए। यस च्याऊ खेतीमाथि प्रशिक्षण दिनलाई अम्बटेबाट मन मुख्य प्रशिक्षक जयकुमार थापा र सहायक प्रशिक्षक प्रणाम प्रधान उपस्थित रहेका थिए। यस शिविरलाई सहयोग समाजसेवी टीटी लामाले गरेका थिए। यस प्रशिक्षण शिविरमा 25 जना जति विद्यार्थीहरुले भाग लिएका थिए भने यस शिविरमा शिक्षक शिक्षिकाहरु पनि उपस्थित रहेका थिए। विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्रै सिमीत नराखेर व्यावहारिक शिक्षा र प्रशिक्षणहरु पनि दिएर उन्नतिको मार्गमा अघि लगाउनका लागि च्याऊ खेतीको प्रशिक्षण दिइएको भनी समाजसेवी सूर्यनारायण प्रधानले बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न

दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न

ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

जीटीएले खरसाङमा भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने

जीटीएले खरसाङमा भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने

छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार