पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍

Share this news

मकैबारी चियाबगान अन्तर्गत कैलापानीका एघार घर पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍। उनीहरू अहिले अस्थायी त्राण शिविरमा छन्‌‍। अझै पनि गाउँ माथिबाट पैह्रो जाने क्रम रोकिएको छैन्‌‍। चिया बगानबाट घर बनाउनको निम्ति जमीन उपलब्ध गराइए तापनि जमीन खनजोत गरिएको छैन्‌‍ औ चियाका बोटहरू उखेलिसकिएको छैन्‌‍, जसको कारण त्यहाँ कुनै घर बनाउन सकिएको छैन्‌‍। यसै अवधि शनिवार रातभरि चलेको हुरी बतासले तिनीहरू बस्दै आइरहेको त्राण शिविरलाई पनि भत्काइदिएपछि तिनीहरूको हरिबिजोग भएको छ। हावाले क्याम्पको छानो उप्काइदिएको तथा बाँसहरू पनि सबै भाँचिदिएपछि सबै पानी भित्र पस्दा तिनीहरू रातभरि सुत्न नसकेको पैह्रो पिडितहरूले बताएका छन्‌‍। विशेषगरी नानी अनि वृद्ध-वृद्धाहरूलाई निक्कै कष्ट भएको जनाए। हावाले यसरी क्याम्प भत्काएर पानी भित्र पस्दा पलंगमा ओछ्याइएका तथा आफूले लगाइएका समेत सबै लुगाफाटाहरू पनि भिजेर निक्कै असुविधा भएको बताएका छन्‌‍। यसबारे सम्बन्धित सबैले तिनीहरूको पुनर्वास गराउन तथा यस अस्थायी शिविरबाट मुक्त गरिदिन विलम्ब नगरिदिने आग्रह पनि गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न