नेजी जुनियर उच्च विद्यालय ओझेलमा

Share this news

नेजी, 18 जुलाई(निसं):  लगभग दश वर्ष अघि शिक्षाको क्षेत्रमा गाउँ समाजलाईअघि बढाउन स्थापित भएको नेजी जुनियरउच्च विद्यालय अहिले सम्म ओझेलमा परेको छ। आफ्नो गाउँ घर समाज एकजुट भएर
विद्यार्थी नानीहरू आफ्नै घरको खाना खाएर स्कूल पढ्न सकोस्  भन्ने उद्श्यले गत 2015 सालमा निर्माण गरिएको स्कूल अहिले ओझेलमा परेको छ भनी स्थानीय सचेत समुहले जानकारी गराएको छ। जानकारी अनुसार, एकसमय जहाँ धेरै भन्दा धेरै नानीहरू अध्ययनरत रहेको जानकारी स्कूलका शिक्षक पिटर राईले दिए । आजसम्म पनि आफूहरु नानीहरूको निम्ति स्कूलमा खटिरहेको जनाउँदै आगमी दिन राम्रै हुन्छ भन्ने आफूहरु सित सोँच भएको उनले बताए । यहाँ स्कूल भवन एसएसएम-द्वारा निर्माण भएको छ भने यहाँ मध्यान्ह भोजनदेखी लिएर नानीहरूको निम्ति विभागीय कतिपय सुविधाहरु सबै छ । तर विभागीय सरकारी मान्यता प्राप्त नभएकोले शिक्षक शिक्षिका विद्यार्थी र अभिभावकहरुमा
अन्योलता रहेको छ। यसैकारण अहिले स्कूल सञ्चालनमा भए पनि विद्यार्थीहरू को संख्यमा ह्रास आएको भनाइ छ शिक्षक पिटर राई। यसै गरी तकबीया निवासी एमएल मैनालीले यस स्कूललाई सरकारी मान्यता दिएर शिक्षक शिक्षिका हरुको नियुक्ति गरे गोक-2 ग्राम पञ्चायत अन्तर्गत पढ्ने नानीहरूलाई ठुलो सुविधा र फायदा हुने मैनालीले बताए। आजसम्म यस क्षेत्रका विद्यार्थीहरू नयाँ बस्ती, गोक उच्च विद्यालय र सिक्किम राज्यतिर पढ्न वाध्य रहेको उनले जानकारी दिए। यदि नेजी विद्यालयले सरकारी मान्यता र सुविधा पाए विद्यार्थीहरू लगायत क्षेत्रको निम्ति असल हुने,उनले बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न