भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

Share this news

तीनधारे, 29 जून (निसं)ःभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा खरसाङको गिद्ध पहाड़स्थित जीटीएको सचिवालयमा सम्पन्न भएको छ। भागोप्रमो तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइलीको कार्यालयमा सम्पन्न सभाको अध्यक्षता भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्‍वकर्मले सञ्चालन गरेका थिए। सभामा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान एवं भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति रञ्जित थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिक्की पाख्रिन, पञ्चायत सदस्या बिनिता रसाईली, पञ्चायत समिति सदस्यहरु क्रमैले कुसाङ लामा, दावा वाङ्दी लामा, कुसुम तामाङ, सरिता मुखिया आदिले सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा वक्तव्य राखेका थिए। सभालाई तीनधारे महानदी समष्टिको पर्यवेक्षक एंव सभासद प्रमाण रसाईलीले पनि वक्तव्य राखेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत समष्टिको अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। सभामा आगामी दिनमा पार्टीको ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा आयोजना गरिने साथै बुथ स्तरीय सांगठनिक सभाहरु पनि आयोजना गरिने भएको छ।


Share this news
आजको रोजाइ
पैह्रोले अवरुद्ध बनेको 7 माइल बाइपास सड़कमा यातायात सुचारु

पैह्रोले अवरुद्ध बनेको 7 माइल बाइपास सड़कमा यातायात सुचारु

असार 15

असार 15

Oplus_131072

आगरा विमानस्थल बम आक्रमणको धम्की, ताजमहल नजिक गोली प्रहार

बिमल गुरुङ टोली 3 जुलाई असम प्रस्थान

बिमल गुरुङ टोली 3 जुलाई असम प्रस्थान

दार्जीलिङ पहाड़को ग्रामीण पर्यटन व्यवसाय

दार्जीलिङ पहाड़को ग्रामीण पर्यटन व्यवसाय

सिंगताम चियाबारी मोटा धुरामा स्वास्थ जाँच शिविर

सिंगताम चियाबारी मोटा धुरामा स्वास्थ जाँच शिविर

टिङलिङ  लिम्बूधुरा पैह्रो ग्रस्त क्षेत्रमा  माटो फ्याकिएकोमा आपत्ति ।

टिङलिङ लिम्बूधुरा पैह्रो ग्रस्त क्षेत्रमा माटो फ्याकिएकोमा आपत्ति ।

भागाेप्रमाेकाे साँगठनिक सभा

भागाेप्रमाेकाे साँगठनिक सभा

मिरीक पुलिसद्वारा दुईपाङ्ग्रे सवारीसाधन सुरक्षाबारे सचेतनाका लागि माइकिङ

मिरीक पुलिसद्वारा दुईपाङ्ग्रे सवारीसाधन सुरक्षाबारे सचेतनाका लागि माइकिङ

बहादुर गाउँमा बस्यो ड्रग मुक्त गाउँको निम्ती एक सभा

बहादुर गाउँमा बस्यो ड्रग मुक्त गाउँको निम्ती एक सभा