तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

Share this news

तीनधारेअ अ 29 जून (निसं)ः तीनधारेको भानु ग्राम क्षेत्रमा रहेका मैलाहरु आज घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई गरिएको छ। केही दिन अघि पानी झरीको कारणले गर्दा माथिल्लो गाउँबाट मैलाहरु बगाएर तलतिर ल्याएको थियो जुन मैलाहरु विषयमा स्थानीय दिपक प्रधानले मिडियामा दिएपछि आज घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानको अगुवाईमा आज सर सफाई गरिएको छ। पञ्चायतको तर्फबाट सर सफाई कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले पञ्चायतको तर्फबाट गाउँ-घर सर सफाई चलिरहेको तर यसरी गाउँ घरकै मानिसहरुले मैला जताभावी फ्याँकेको करणले मैलाहरु बगाएर अर्काको घरतिर लगेको बताइन्। उनले पञ्चायतको तर्फबाट मेलाहरु उठाउन परिवेश बन्धुहरुको टिम बनिन्दैछ र अब घर घरबाट मैला उठाउने कार्य गरिने बताएका छन्। उनले अब मैला उठाउन प्रत्येक घरबाट 30 रुपियाँ गरेर संकलन गरिने भएको बताउँदै नदिनेलाई पञ्चायतबाट कुनै सहुलियत प्रदान नगरिने बताएका छन्। घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले सबैलाई गाउँ घर सर सफाई गर्नु पर्ने बताउँदै गाउँ घरमा जताभावी मैलाहरु फ्याँक्नु नहुने र जताभावी मैलाहरु फ्याँक्दा परिवेश नै नराम्रो हुने जनाएकी छन्। सबैलाई मैलाहरु जताभावी नफ्याँकिदिने अनुरोध पनि गरेका छन्।


Share this news
आजको रोजाइ
दिल्लीमा पहिलोपटक कृत्रिम वर्षा परीक्षण

दिल्लीमा पहिलोपटक कृत्रिम वर्षा परीक्षण

हामी नारी गोर्खाली मिलेर लगाऊँ नारा

हामी नारी गोर्खाली मिलेर लगाऊँ नारा

परिवेश सफा राख्ने युवा प्रगति सङ्घको पहल

परिवेश सफा राख्ने युवा प्रगति सङ्घको पहल

अब गोर्खे हाट दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने छ: दिपेन ठकुरी

अब गोर्खे हाट दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने छ: दिपेन ठकुरी

दार्जीलिङको वाङ्गे गुरूङ मेरो भोइस युनिभर्समा

दार्जीलिङको वाङ्गे गुरूङ मेरो भोइस युनिभर्समा

आन्दोलनमा डढेको पञ्चायत कार्यालयको नयाँ भवन उद्घाटन

आन्दोलनमा डढेको पञ्चायत कार्यालयको नयाँ भवन उद्घाटन

निःशुल्क स्वास्थ्य जाँच र रक्तदान शिविर

निःशुल्क स्वास्थ्य जाँच र रक्तदान शिविर

पोखेबुङ क्षेत्रबाट गाडी सहित व्यापक मादक पदार्थ पक्राउ

पोखेबुङ क्षेत्रबाट गाडी सहित व्यापक मादक पदार्थ पक्राउ

दुलियाजान कला साहित्य मञ्चद्वारा सम्मानित

दुलियाजान कला साहित्य मञ्चद्वारा सम्मानित

जीटीए क्षेत्रमा 1 सय 38 करोड 79 लाख 84 हजार रुपियाँको सडक योजना

जीटीए क्षेत्रमा 1 सय 38 करोड 79 लाख 84 हजार रुपियाँको सडक योजना