खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

Share this news


खरसाङ, 15 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दशौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएरहेको यस टुर्नामेन्टको दशौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा केएफसी अनि जेआर 32 एफए माझ भिड़न्त भएको थियो र यो खेल एकतर्फी सावित भयो। केएफसीका खेलाड़ीहरूले खेलको अवधिभर आफ्नो दबाव बनाइराखे भने जेअर 32 का खेलाड़ीहरूले कतिपय समयमा खेलमा आफ्नो दबाव बनाउे प्रयास गरे तापनि केएफसीका खेलाड़ीहरूले ती सबै प्रयास विफल तुल्याइदिए। यस खेलमा केएफसीका खेलाड़ीहरूले 9 गोल गरे भने जेआर 32 का खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। फलस्वरुप यो खेल केएफसीले शुन्यको विरुद्ध 9 गोल गरेर जितेको छ। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत युकेएफसी अनि त्रिशुली संघमाझ सम्पन्न भयो। यस टुर्नामेन्टमा दुवै दलका खेलाड़ीहरूले आफ्नो असल खेलको प्रदर्शन गर्दै खेले। यस खेलमा युकेएफसीका खेलाड़ीहरूले 6 गोल गरे भने त्रिशुली सङ्घका खेलाड़ीहरूले 3 गोल मात्र गर्न सके, यसरी यो खेल युकेएफसीले 3 गोलको विरुद्ध 6 गोल गरेर जितेको छ। खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको मंगलवार सम्पन्न दशौँ दिनको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू सुरेश गुरुङ, नितेश देवान, केवान राई अनि प्रशान्त राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न