घैयाबारीमा कारगिल युध्दका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण

Share this news

तीनधारे, 27 जुलाई(निसं): भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा 1999 सालको कारगिल युध्दमा शहीद भएकाहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै घैयाबारीमा 26 औं कारगिल बिजय दिवस पालन गरिएको छ। घैयाबारीस्थित कारगिल एनजीओको कार्यालयमा आयोजित कारगिल बिजय दिवसको अध्यक्षता पूर्व लेफ्टिनेन्ट जीवनसिंह गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुवेदार मेजर एंव भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टिको सभापति कृष्ण प्रधान उपस्थित रहेका थिए। जयराज थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण कारगिल एनजीओको कार्यकारी सदस्य सुरज तामाङले राखेका थिए। कार्यक्रमको शुरुमा कारगिल युध्दमा शहीद बनेका वीर सपुतहरुलाई नमन गर्दै शहीद वेदीमा धुप दीप प्रज्ज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ भने राष्ट्रिय गान गाएर सलामी पनि दिइएको छ। कार्यक्रममा कारगिल एनजीओको विषयमा सचिव देवपाल लामाले कारगिल एनजीओ र यसको विभिन्न कार्यहरु साथै कारगिल बिजय दिवस विषयमा विस्तृत जानकारी गराएका छन्‌‍। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पूर्व सुवेदार मेजर कृष्ण प्रधानले आफ्नो सम्बोधनमा भने, 1999 मा पाकिस्तानले कब्जा गरेको कारगिललाई भारतीय सेनाले जितेका थिए। यो युध्द मई 1999 को मई महिनामा शुरु भएर जुलाई महिनासम्म चलेको थियो र 26 जुलाईमा बिजय हाँसिल गरेको थियो र उक्त दिनलाई नै कारगिल बिजय दिवसको रुपमा पालन गरिने गरिन्छ। ङ्गउनले यसपाली 26 औं कारगिल बिजय दिवस पालन गर्नु पाएकोमा कारगिल एनजीओप्रति आभार प्रकट गरेका छन्‌‍। कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा उपस्थित नेताजी हाई स्कूलको प्रधान अध्यापक दिनेश प्रधानले कारगिलमा 1999 को मईदेखि जुलाईसम्म युध्द चलेको र उक्त युध्दमा भारतीय सेनाहरुले बिजय प्राप्त गरेको दिनलाई कारगिल बिजय दिवसको रुपमा पालन गर्ने गरेको जानकारी गराएका छन्‌‍। उनले घैयाबारीको कारगिल एनजीओको विगत 6 वर्षदेखि कारगिल बिजय दिवस पालन गर्दै आईरहेको जानकारी पनि गराएका छन्‌‍। उनले कारगिल एनजीओले गर्दै आईरहेको विभिन्न सामाजिक कार्यहरु विषयमा पनि चर्चा गरेका थिए कार्यक्रमलाई पूर्व सचिव गणेश तामाङ र अशोक गुरुङले पनि सम्बोधन गरेका थिए आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा कारगिल बिजय दिवस विषयमा आधारित कविता अर्जुन योञ्जनले वाचन गरेका थिए। कार्यक्रममा अध्यक्षीय सम्भाषण एंव धन्यवाद ज्ञापन अवकाशप्राप्त लेफ्टिनेन्ट जीवनसिंह गुरुङले राखेका थिए। कारगिल बिजय दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कारगिल एनजीओको उपाध्यक्ष हेमराज गुरुङ र सचिव देवपाल लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

आजको रोजाइ